back
CTIZAN AD

ओली–प्रचण्ड छलफल सकियो, जुटेन सहमती

वि.सं.२०७७ असोज १२ सोमवार

675 

shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको सोमबारको छलफल पनि विनानिष्कर्ष सकिएको छ । झण्डै ३ घण्टासम्म चलेको छलफल निष्कर्ष बिहिन बनेको नेकपा स्रोतले जनाएको छ ।

मन्त्रिमण्डल पुनर्गठनका लागि दुई अध्यक्षबीच केहि दिनदेखि निरन्तर छलफल छ । स्रोतले उल्लेख गरेअनुसार सोमबारको छलफलमा मन्त्रालय बाँडफाँडबारे छलफल भएको थियो । जसमा दुई अध्यक्ष निष्कर्षमा पुगेका छैनन् ।

जनाइएअनुसार आजको बैठकमा अध्यक्ष प्रचण्डले पार्टी एकताअनुसारको समझदारीअनुसार बाँडफाँडको प्रस्ताव राखेका थिए । जसबारे ओलीले सहमती जनाएका छैनन् ।

गत बिहिबारदेखि दुई अध्यक्षबीच मन्त्रिमण्डल पुनर्गठनको बारेमा नै छलफल चलिरहेको छ ।

यसअघि आइतबार मन्त्रिमण्डल पुनर्गठनका विषयमा छलफल चलेको भए पनि सहमती हुन सकेको थिएन । बताइएअनुसार क–कसलाई हटाउने र क–कसलाई राख्ने भन्नेमा नै सहमती भएको छैन् । साथै कुन पक्षले कति र कुन मन्त्रालय पाउने भन्ने विषय टुंगीएको छैन् ।

वि.सं.२०७७ असोज १२ सोमवार १५:५२ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...