back
CTIZAN AD

‘रचनाका मुनाहरु’ भर्चुअल बार्षिकोत्सव गोष्ठी सम्पन्न

वि.सं.२०७७ असोज १२ सोमवार

1.3K 

shares

रचनाका मुनाहरू साहित्य मञ्जरी परिवारले भर्चुअल गोष्ठी गरेर भव्यरूपमा आफ्नो तेस्रो वार्षिकोत्सव सम्पन्न गरेको छ ।
असोज ८ गते सम्पन्न उक्त गोष्ठीमा दर्जनौं वरिष्ठ कविहरूको उपस्थिति रहेको थियो ।

छन्दनायक, कविवर माधब वियोगीको सभापतित्वमा बेलुका ८ बजेदेखि चलेको उक्त गोष्ठि कार्यक्रम रातिको बाह्र बजेसम्म चलेको थियो । आफ्ना गतिविधिबारे जानकारी गराउने र विभिन्न विधाका कविता सिक्ने र सिकाउने उद्देश्यले आयोजना गरिएको उक्त वार्षिकोत्सवकोत्सव गोष्ठीमा प्रमुख अतिथि डा.बम बहादुर जितालीले शुभकामना मन्तव्य दिदै कविता सुनाएर कार्यक्रमको शुभारम्भ गरेका थिए ।

संस्थाका अध्यक्ष बालकुमार क्षेत्रीले आफूले संस्थाको हितका लागि सबैलाई समेटेर अघि बढ्ने स्रष्टाहरूको उत्पादनमा विशेष भूमिका खेल्ने प्रतिबध्दता जनाउदै सबैलाई धन्यवाद दिएका थिए ।

कार्यक्रममा कविहरू कलानिधि दाहाल, गायत्रीकुमार चापागाईं, विदुर अधिकारीले कविता वाचन गरेका थिए भने सन्चालक समितिका पदाधिकारीहरू संस्थापक दङ्गाली तारा समर्पण, अध्यक्ष बालकुमार क्षेत्री, उपाध्यक्ष आरती बिष्ट, सदस्यहरू कल्पना भट्टराई, निर्मला अर्याल, सागर विश्वकर्मा, सूचना अधिकारी शान्ता पौडेलले पालैपालो कार्यक्रम संचालन गरेका थिए ।

कार्यक्रममा तीन दर्जन स्रष्टाहरूको उपस्थिति रहेको थियो भने उपस्थित स्रष्टाहरूमा जमुना गौतम, सुरेन्द्र शाही, रामकुमार श्रेष्ठ “फुच्छे“,नारायण खड्का, छविलाल खड्का, शान्तिदीप, विनायक पन्त, राधा पाण्डे, धर्मानन्द, आर बि खड्का, मिना कोइराला, जगदीश भट्टराई, सुरेश काफ्ले, सिर्जना खनाल, होमनाथ घिमिरे,वासुसुदेव काफ्ले लगायतका स्रष्टाहरूले कविताको साथमा मन्तव्य दिएका थिए ।

संस्थाका संस्थापक दङ्गाली तारा समर्पणले भाषासाहित्यमा तथा छन्दको विकासमा केही गरौं भन्ने मनासयले आरम्भ भएको यो संस्था आज धेरैको साथ र सहयोगले यहाँसम्म आएको बताउँदै हिजो जस्तै आज पनि आफू यसमै सक्रिय रहेको तथा रहिरहने जनाए ।

कार्यक्रमको अन्त्यमा उक्त संस्थाका बरिष्ठ सल्लाहकारसमेत रहेका सभापति छन्दनायक माधव वियोगीले आयोजक समूहको सराहना गर्दै, छन्द बचाऊँ अभियानको गतिविधिबारे संक्षेपमा प्रकाश पार्दै आफूले त्यसको नेतृत्व गरेपनि सबैको सक्रियता र सहयोगमा छन्ददिवस प्राप्त भएको तथा छन्द विश्वव्यापी रूपमा पुनर्जागृत भएको बताएका थिए । साथै उनले रचनाका मुनाहरू समूहगत कार्यक्रमले पनि सिर्जनाको विकासमा आफूलाई नेपाली माटोमा स्थापित गरेको छ भन्दै आगामी दिनमा थप सचेत र जागररूक हुँदै कार्यक्रमको विस्तार गर्न सूझाबसमेत दिएका थिए ।

वियोगीले छन्द अब बाँचेको छ, अब यसलाई दीर्घजीवी बनाउने काम नयाँ पुस्ताको रहेको र लेखक तथा वाचक दुबैको भूमिका समान छ भन्ने धारणा राख्दै रचनाका मुनाहरू सम्बन्धमा रचित सारगर्वित कविता वाचन गरेर कार्यक्रम समापनको घोषणा गरेका थिए ।

वि.सं.२०७७ असोज १२ सोमवार १५:५० मा प्रकाशित

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

दाङ । दाङको घोराहीमा एक विशेष साहित्यिक समारोहका बीच साहित्यकार...

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...