back
CTIZAN AD

अमेरिका पुगेका अभिनेता सरोज खनालले गरे लघु चलचित्र ‘छाउ पीडा’ प्रदर्शन

वि.सं.२०७७ असोज १२ सोमवार

759 

shares

अमेरिका । अभिनेता सरोज खनालको निर्देशनमा बनेको पहिलो लघु चलचित्र ‘छाउ पीडा’ अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा प्रदर्शन भएको छ ।

चलचित्र छाउपडी प्रथाको बिषयमा आधारित छ भने यो लघु चलचित्र कवि नवराज पराजुलीको कविताबाट उत्प्रेरित भै चलचित्र बनाएको कलाकार खनालले बताए ।

कोरोना महामारीको कारण केही सीमित व्यक्ति र परिवारहरु चलचित्र हेर्न आमन्त्रित गरिएको थियो । चलचित्र हेर्ने आउने सबैको ज्वरो जाँच गरिएको थियो भने भर्जिनियाको गभर्नरले दिएको मार्गदर्शन अन्तर्गत दूरी कायम तथा मास्क लगाएर आएका थिए ।

चलचित्र प्रदर्शन अघि अभिनेता खनाल तथा चलचित्र निर्माण गर्ने केसी डान्स सेन्टरका संस्थापक नविन केसी तथा लुना श्रेष्ठले मन्तव्य राखेका थिए ।
एक महिनाको लागि परिवार भेट्न अमेरिका आएका कलाकार ५ महिना बस्नु परेको अवस्थामा खनालले नेपाल उड्नु अघि अमेरिकामा जन्मेका र सानोमा अमेरिका आएका दोश्रो पुस्ताका बालिकाहरुलाई ‘छाउ पीडा’ मा अभिनय गराउन सफल भएका छन् ।

केसी डान्स सेन्टरको ब्यानरमा निर्माण भएको पहिलो लघु चलचित्र छाउ पीडा हो भने सेन्टरले नृत्य सिकाउने काम गर्छ । अभिनेता खनालले बोल्ने क्रममा आफूले केही गर्न पाइन् भने छटपट हुने बताए । एक गीत गर्ने सोच बनाएको बताउँदै त्यो हुन् नसकेपछि यसमा हात हालेको जनाए ।

चलचित्र बनाउनु चुनौती रहेको बताउँदै उनले भने, ‘ चलचित्र बनाउनु चुनौति थियो, किनभने कहिले अभिनय नगरेका र नेपाली भाषा सम्म राम्रो बोल्न समेत नजान्ने बालिकाहरुलाई अभिनय गराउनु थियो । चलचित्रमा केही भाषा त्रुटि हुन् सक्छ ।’

आफू निर्देशक भन्दा कलाकार नै भन्न रुचाउने बताउने उनले निर्देशक भै चलचित्र बन्यो तर यस पदलाई जोगाउन गाह्रो हुने बताउदै भने– खनालले चलचित्रमा बालिकाहरुले गरेको अभिनय देख्दा जति पटक हेर्छु त्यति पटक रुन्छु ।

सुरु हुनु अगाडी नै बालिकाहरुको अभिनय नयाँ कलाकार जस्तो नलाग्ने भन्दै सबैको प्रशंसा गरेका थिए । अभिनय गर्ने सबैलाई एकदिने अभिनय सम्बन्धि ओरिएनटेसन (अभिमुखीकरण ) दिइएको पनि अभिनेता खनालले बताए ।

चलचित्र प्रदर्शनपछि अभिनय गर्ने सबै कलाकारहरुले खनालले मौका दिएकोमा आभार व्यक्त गरे । सन् २०१७ मा स्थापित केसी डान्स सेन्टरका संस्थापक नृत्य निर्देशकद्वय नविन केसी तथा लुना श्रेष्ठ हुन भने यस चलचित्रमा अभिनय गर्ने सबै कलाकारहरु यसै नृत्य केन्द्रका शिष्यहरु हुन् ।

उक्त चलचित्रमा कलाकारहरुमा अङ्किता कोइराला,रोमा भण्डारी,दिप्ती अधिकारी ,आयुषा ढकाल ,रिया श्रेष्ठ तथा रिचा ढकाल रहेका छन् । आमाको भूमिकामा रिमा केसी तथा रुबिना प्रजापति श्रेष्ठले अभिनय गरेका छन् । यो चलचित्र केसी डान्स सेन्टरको युट्युबमा सार्वजनिक हुनेछ । कार्यकम प्रस्तोताको भूमिका परशु तिमिल्सिनाले गरेका थिए ।

वि.सं.२०७७ असोज १२ सोमवार १६:११ मा प्रकाशित

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...