back
CTIZAN AD

सत्ताधारी नेकपाको मजदुर संगठनको औपचारिक विभाजन

वि.सं.२०७७ असोज १२ सोमवार

1.1K 

shares

काठमाडौं –  सत्ताधारी नेकपाको मजदुर संगठन अखिल नेपाल यातायात मजदुर संघको औपचारिक रुपमा विभाजन भएको छ । एकता प्रक्रिया अगाडि बढ्ने क्रममा नै पुर्व नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल यातायात मजदुर संघ विभाजन भएको हो । अखिल नेपाल यातायात मजदुर संघका पुर्व उपाध्यक्ष राजेन्द्र शर्मा नेतृत्वको समुहले संघको औपचारिक विभाजन गरि ‘नेपाल प्रगतिशिल यातायात श्रमिक संगठन’ गठन गरेको संगठनका अध्यक्ष शर्माले सन्सारन्युजलाई बताए ।

नवगठित संगठनका अध्यक्ष शर्माका अनुसार देशैभरिका १० हजार मजदुरहरुको हस्ताक्षर संकलन गरि संगठन विधिवत रुपमा दर्ता भएको छ । संगठनमा अध्यक्ष राजेन्द्र शर्मा र महासचिव गुरुप्रसाद धिताल सहित २३ सदस्यिय केन्द्रिय समिति रहेको अध्यक्ष शर्माले बताए । ‘हामीले भिन्न संगठनको दर्ता पश्चात पार्टी अध्यक्षलाई औपचारिक पत्र सहित जानकारी गराइसकेका छौं,’ शर्माले सन्सारन्युजलाई बताए ।

पुर्व माओवादी निकट मजदुर संगठन अनुसासित र विधिवत हिसावले सञ्चालन नभएकोले भिन्न संगठन बनाएर अगाडि बढेको नवगठित संगठनका अध्यक्ष राजेन्द्र शर्माको भनाई छ । ‘हामीले फरक संगठन मजदुर आन्दोलनलाई अझ व्यवस्थथित र घनिभुत बनाउनका लागि बनाएका हौं तर हामीले पार्टीबाट विद्रोह गरेका हैनौ, हामीले हाम्रा सम्पुर्ण गतिविधि पार्टीको विचार र संगठनमा नै रहेर गरिरहेका छौं,’ अध्यक्ष शर्माको भनाई छ ।

अहिले नेपाल राष्ट्रिय प्रगतिशिल यातायात श्रमिक संगठनले पुर्व माओवादी निकट अखिल नेपाल यातायात मजदुर संघको समानान्तरमा देशव्यापी संगठन विस्तार र कार्यक्रमको सञ्चालन गरिरहेको छ । ‘अहिले हामीले पार्टिभित्र तिनवटा मजदुर संगठनमा बराबरी हाराहारीको मजदुर संगठन निर्माण गरिसकेका छौं, हाम्रा गतिविधिहरु अझ अरु संगठनको तुलनामा प्रभावकारी र मजदुरको हितमा रहेका छन्,’ अध्यक्ष शर्माले सन्सारन्युजलाई बताए ।

हेर्नुहाेस राजेन्द्र शर्माकाे समुहले नेकपा अध्यक्ष प्रचण्डलाइ बुझाएकाे पत्र

वि.सं.२०७७ असोज १२ सोमवार १७:३४ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...