back
CTIZAN AD

बाबुराम भट्टराई भन्छन्– विकासको नारामाथि भद्दा मजाक भयो, सामुहिक आत्मालोचना गरौं !

वि.सं.२०७७ असोज १३ मंगलवार

828 

shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एंव जनता समाजवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले चाडबाडको बेलामा पनि विदेशिनु पर्ने युवाहरुको अवस्थाले देशको धरातलीय यथार्थता प्रस्तुत गरेको बताएका छन् । उनले युवाहरुको बाध्यताले ‘राष्ट्रवाद’माथि कु्रर व्यंग्य गरेको पनि टिप्पणी गरे ।

सामाजिक सञ्जालमार्फत भट्टराईले भनेका छन्, ‘चाडबाडको मुखमा स्वदेश फर्कनु सट्टा मुग्लान पस्न बाध्य हुने युवाहरूको ताँती ! देशको यो कुरूप र तीतो धरातलीय यथार्थ ! हाम्रो ‘राष्ट्रवाद’माथिको क्रूर व्यंग्य !’

उनले हाम्रो अवस्थाले हाम्रा विकासका नारामाथि भद्दा मजाक गरिरहेको उनको तर्क छ । जसमा सबैले जिम्मेवारी लिँदै आत्माआलोचना पनि गर्नुपर्ने बताए ।

‘हाम्रा विकासका नारा माथिको भद्दा मजाक ! जिम्मेवार सबैले मम: भनौं ! सामुहिक आत्मालोचना गरौं !’ सामाजिक सञ्जालमा भट्टराईले भनेका छन्, ‘नयाँ पुस्ताले अपूरो क्रान्ति पूरा गरोस् !’

कोरोना महामारीको सूरुवात भएसँगै स्वेदश फर्किने युवाहरु पुनः अहिले विदेश फर्किरहेका छन् । बेरोजगार भएसँगै आधारभूत समस्यामा परेका उनीहरु समाधान खोजीका लागि भारतसहित तेस्रो देश हानिएका हुन् । अहिले त्रिभूवन विमानस्थल र भारतका नाकाहरुमा युवाहरुको ताँती छ । जसबारे सरकार भने मौन छ ।

वि.सं.२०७७ असोज १३ मंगलवार १४:०१ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...