back
CTIZAN AD

नेपाल बहस डटकमलाई बलात्कार समाचारको खण्डन छाप्न काउन्सिलको निर्देशन

वि.सं.२०७७ असोज १३ मंगलवार

1K 

shares

काठमाडौं – नेपाल बहस डटकम अनलाईनलाई प्रेस काउन्सिल नेपालले समाचारको खण्डन छाप्न निर्देशन गरेको छ । असोज १२ गते उक्त अनलाईनलाई पत्राचार गर्दै काउन्सिलले खण्डन छाप्न निर्देशन गरेको हो ।

साउन २६ गते नेपाल बहस अनलाईनले नेकपा नगर कमिटी सचिव कोइरालालाई बलात्कार आरोप शिर्षकमा समाचार प्रकाशन गरेको थियो, https://www.nepalbahas.com/2020/08/10/233394/ । उक्त अनलाईनले आफु विरुद्ध निराधार र कपोकल्पित समाचार प्रकाशन गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्याङ्जा, चापकोट नगर कमिटिका सचिव राजु कोइरालाले साउनको २९ गते प्रेस काउन्सिलमा उजुरी गरेका थिए । कोइरालाबाट प्राप्त उजुरीको आधारमा काउन्सिलले नेपाल बहस अनलाईनसँग जवाफ माग गरेको थियो ।

उजुरीकर्ता कोइरालाले ‘कुनै पिडितको पहिचान नै नभएको घट्ना नै नघटेको अवस्थामा सामाजिक सञ्जालमा केहि सिमित फेक आइडी समेत तयार पारि मेरा विरुद्धमा लेखिएको स्टाटसको आधारमा समाचार बनाएर मेरो चरित्र हत्या गर्ने नेपाल बहस अनलाईनलाई प्रेस काउन्सिल ऐन, पत्रकार आचार संहिता बमोजिम हदैसम्म कारवाही गरिपाउँ,’ भनि काउन्सिलमा पुनः प्रतिक्रिया दिएका थिए ।

असोज १ गते नेपाल प्रेस काउन्सिल आचार संहिता अनुगमन उपसमिति (विद्युतिय) को बैठकले ‘उजुरीकर्तालाई भनाई एवं प्रतिक्रिया समेटि मिडियाको नाममा खण्डन एवं प्रतिक्रिया पठाउन सुचित गर्ने र ‘ब्लात्कारको आरोप लगाएका छन’ भन्ने आधारमा ब्लात्कार जस्तो संवेदनशिल विषयमा तथ्यगत पुष्टिबेगर प्रकाशित सामाग्री उपर उजुरीकर्ताले पेश गरेको खण्डन सञ्चार माध्यमलाई पठाई खण्डन प्रकाशन गरि काउन्सिललाई जानकारी गराउन निर्देशन दिने,’ निर्णय गरि नेपाल बहस अनलाईनलाई असोजको १२ गते पत्राचार गरेको छ ।

वि.सं.२०७७ असोज १३ मंगलवार १७:१७ मा प्रकाशित

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३/०८४...

बाँझो जमिनमा स्याउखेती २० रोपनी क्षेत्रमा स्याउखेती

बाँझो जमिनमा स्याउखेती २० रोपनी क्षेत्रमा स्याउखेती

ढोरपाटन (बागलुङ) । तमानखोला गाउँपालिकाले वर्षौंसम्म बाझो रहेको २० रोपनी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...