back
CTIZAN AD

डलर साट्ने बहानामा लुटपाट गर्ने दुई जना पक्राउ

वि.सं.२०७७ असोज १४ बुधवार

858 

shares

भादगाउँ, १४ असोज ।  प्रहरीले भक्तपुरमा डलर देखाई लुटपाट गर्ने दुई जनालाई आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भई हाल भक्तपुर चारदोबाटोमा डेरा गरी बस्ने २३ वर्षीय विमल भण्डारी र २१ वर्षीय निर्मल भण्डारी रहेका छन । प्रहरीले उनीहरुको साथबाट तीन लाख ३१ हजार नगद, विभिन्न कम्पनीका मोबाईल दुई थान, २२० सिसिको पल्सर मोटरसाइकल एक थान र पर्स दुई थानसमेत बरामद गरेको छ ।

प्रहरीका अनुसार उनीहरुले कमलविनायक बसपार्कमा दोलखा घर भई हाल सूर्यविनायक बस्ने एक जनालाई डलर साट्ने बहानामा बाँकी लाख रुपैंयाँ लुटपाट गरी फरार भएका थिए । महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोलीले घटनामा सम्लग्न दुई जनालाई चाँगुनारायण नगरपालिका–८, रातोपाटीबाट नियन्त्रणमा लिएको परिसरका सूचना अधिकारी प्रहरी निरिक्षक सुवास बुढाथोकीले जानकारी दिए ।

गत साउनदेखि डलर साट्ने बहानामा यहाँ लुटपाट भएको यो छैंठौँ घटना हो । सस्तो दरमा डलर साट्ने बहानामा गत साउन ८ गते मध्यपुर थिमि नगरपालिका–९ बोडेमा तीन लाख, वडा न–५ मा साउन १९ गते चार लाख, वडा–२ मा गत भदौ ३१ गते पाँच लाख, वडा–९ बोडेमा यही असोज ६ गते नौ लाख ८० हजार रुपैंयाँ लुटपाट भएको प्रहरीले जनाएको छ । (रासस)

वि.सं.२०७७ असोज १४ बुधवार ०८:३६ मा प्रकाशित

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

काठमाडौँ । हुलाक सेवा विभागले मुलुकको पहिलो आधुनिक पुस्तकालयकी संस्थापक...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...