back
CTIZAN AD

भारतमा काेराेना संक्रमणबाट मर्नेकाे संख्या १ लाख नजिक

वि.सं.२०७७ असोज १४ बुधवार

681 

shares

काठमाडौं । भारतमा कोरोना संक्रमित र संक्रमणबाट मर्नेकाे संख्या आक्रामक बढ्न थालेकाे छ । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार भारतमा कोरोना संक्रमितको संख्या ६१ लाख ४५ हजार २ सय ९१ पुगेको छ ।

जनाइएअनुसार पछिल्लाे २४ घण्टामा मात्रै भारतमा ७० हजार ५ सय ८९ कोरोना संक्रमित थपिएका थिए । भारतमा संक्रमितकाे संख्या बढेसँगै मृतककाे संख्या पनि ह्वात्तै बढेकाे छ ।

भारतमा बुधबारसम्म काेराेनाबाट मृत्यु हुनेकाे स‌ंख्या १ लाख नजिक पुगेकाे छ । सार्वजनिक तथ्याकअनुसार बुधबारसम्म भारतमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ९६ हजार ३ सय १८ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा ७ सय ७६ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

केही समय अघिदेखि रेल्वे सेवा सञ्चालनमा आएसँगै कोरोना संक्रमण तीव्र गतिमा समुदाय स्तरमा फैलिएको हो । भारतमा सिनेमा हलबाहेक प्रायः सबै पेशा, व्यवसाय तथा क्षेत्र पूर्ववत अवस्थामा सञ्चालनमा आएसँगै कोरोना महामारीले विकराल रुप लिने देखिएको छ । एजेन्सीकाे सहयाेगमा

वि.सं.२०७७ असोज १४ बुधवार १४:३२ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...