back
CTIZAN AD

२ हजार ३०० भन्दा बढी आर्मेनियाली सेना मारिएको अजरबैजानको दाबी

वि.सं.२०७७ असोज १४ बुधवार

735 

shares

१४ असोज । नागार्नो–काराबाख क्षेत्रमा जारी भिडन्तका क्रममा २ हजार ३०० भन्दा बढी सैनिकहरु हताहत भएको अजरबैजानको रक्षा मन्त्रालयले दाबी गरेको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सेप्टेम्बर २७ यता अजरबैजानका २ हजार ३०० सैनिक मारिएको उल्लेख छ । साथै १३० वटा ट्याँक र अन्य बख्तरबन्द गाडी, २०० भन्दा बढी आर्टिलरी, क्षेप्यास्त्र र मोर्टार लन्चर, झण्डै २५ वटा हवाई प्रतिरक्षा प्रणाली, छ वटा कमान्ड पोस्ट, पाँच वटा हातहतियार भण्डार समेतका सैनिक बन्तोबस्तीका सामानमा क्षति पुगेको रक्षा मन्त्रालयले जनाएको छ ।

आर्मेनियाका पृथकतावादीहरुले नागोर्नी काराबाख क्षेत्रमा भएको सङ्घर्षमा आफ्ना ३९ जनाभन्दा बढी लडाकू मारिएको बताएका छन् । आर्मेनियाबाट अलग्गिएको घोषणा गरेका काराबाख क्षेत्रका पृथकतावादीतर्फ छिमेकी अजरबैजानी सेनाले केही दिनदेखि भिषण सैनिक कारबाही शुरु गरेको छ ।

विश्वका नेताहरूले अजरबैजान र आर्मेनियाली विद्रोहीबीच जारी लडाइँ रोक्न आग्रह गरेका छन् । यो सङ्घर्ष तत्कालै नरोकिए त्यसले क्षेत्रीय शान्तिमै असर पार्ने अनुमान गरिएको छ । यहाँ मध्यस्थता गराउन रुस र टर्कीले विशेष भूमिका खेल्न सक्ने बताइएको छ ।

पूर्व सोभियत आर्मेनिया र अजरबैजानबीच सन् १९९० को दशकको शुरुदेखि नै आर्मेनिया–समर्थित पृथकतावादीसँग नागोर्नी काराबाखको विषयलाई लिएर सङ्घर्ष हुँदै आएको छ । यस वर्षको शुरुमा र सन् २०१६ मा पनि लडाइँ भएको थियो ।

अजरबैजानको रक्षा मन्त्रालयले भनेको छ, “अजरबैजानी सेनाले रकेट–आर्टिलरी र लडाकू विमान प्रयोग गरेर आर्मेनियाली क्षेत्रमा हमला गरिहेको छ र टालेश गाउँको वरिपरिका धेरै रणनीतिक क्षेत्रलाई नियन्त्रणमा लिएको छ ।”

आर्मेनियाली सैनिक अधिकारीहरूले अजरबैजान सेनाले भारी तोपको प्रयोग गरेर विद्रोहीका ठेगानाहरुमा आक्रमण गरिरहेको जनाएका छन्, जबकि अजरबैजानको रक्षा मन्त्रालयले टार्टर शहरमा पृथकतावादी विद्रोहीहरुले सर्वसाधारणमाथि आक्रमण गरिरहेको आरोप लगाएको छ ।

गत साता आइतबारदेखि लडाइँ शुरु हुनुमा दुवै पक्षले एक अर्कामाथि दोष देखाएका छन् ।

मुस्लिम–बहुल अजरबैजान र ईसाई–बहुल आर्मेनियाबीचको लडाईले रुस र टर्कीबीच मतभेद निम्त्याउने सम्भावना पनि छ । आर्मेनियासँग रुसको सैन्य गठबन्धन रहँदै आएको छ भने मुस्लिम–बहुल अजरबैजानलाई टर्कीले समर्थन गरेको छ ।

आर्मेनियाले हिंसात्मक द्वन्द्व बढाउन टर्कीले भूमिका खेलिरहेको र सैन्य सल्लाहकार पठाएको आरोप लगाएको छ ।

फ्रान्स, जर्मनी, इटली, संयुक्तराज्य अमेरिका, युरोपियन युनियन र रसियाले दुबै पक्षलाई युद्धविरामका लागि आग्रह गरेका छन् । आर्मेनिया र काराबाखले आइतबार सैनिक कानून र सैनिक परिचालन घोषणा गरेका छन् भने अजरबैजानले ठूला शहरहरूमा सैन्य शासन र कफ्र्यू लगाइएको घोषणा गरेको छ ।

आर्मेनियाका जातीय अल्पसंख्यक पृथकतावादी समूहले सन् १९९० को दशकको शुरुमा अजरबैजानबाट नागोर्नी काराबाख क्षेत्रलाई स्वतन्त्र बनाएका थिए । यसक्रममा करिब ३० हजारको ज्यान समेत गएको थियो ।

दुबै पक्षबीच सन् १९९४ मा युद्धविराम भएको थियो । फ्रान्स, रसिया र संयुक्तराज्य अमेरिकाले “मिन्स्क समूह” बैठकबाट स्थायी शान्तिका लागि मध्यस्थता प्रयास गरेका थिए तर शान्ति सम्झौतामा सन् २०१० मा धक्का लाग्यो । नागोर्नी काराबाख क्षेत्रमा अजरबैजान र आर्मेनियाले आआफ्नो बर्चश्व कायम राख्न प्रयास गरिरहेका छन् ।

वि.सं.२०७७ असोज १४ बुधवार १५:४५ मा प्रकाशित

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...