back
CTIZAN AD

अल्ट्रा म्याराथन धाविका मीरालाई रु २८ लाखसहित सम्मान

वि.सं.२०७३ पुस २२ शुक्रवार

1K 

shares

२२ पुस, दमक । अल्ट्रा म्याराथनकी अन्तर्राष्ट्रिय धाविका मीरा राईलाई झापाको दमकमा विहिबार रु २८ लाखसहित सम्मान गरिएको छ ।

अल्ट्रा म्याराथन खेल क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमा नै नेपाललाई चिनाउन सफल हुनुभएको भन्दै बेलायतमा रहेका आधा दर्जन सङ्घसंस्थाले संयुक्तरुपमा उहाँलाई रु २८ लाख नगदसहितको सम्मान गरेको हो ।

आज स्थानीय दमक रेडक्रस भवनमा एक कार्यक्रम गरी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्री, सांसद महेन्द्रकुमारी सुब्बाले संयुक्तरुपमा मीरालाई उक्त सम्मान रकमको चेक हस्तान्तरण गर्नुभएको थियो ।

बेलायतमा रहेको सगरमाथा तेक्वान्दो डोजाङको पहलमा त्यहाँ रहेका किराँत राई यायोख्खा, जेन मार्सल आर्ट एकेडेमी, भोजपुर समाज र नेपाल युथ अर्गनाइजेसनको सहयोगमा उक्त रकम जुटाइएको थियो ।

त्यसैगरी, सोही कार्यक्रममा मीरालाई अल्ट्रा म्याराथन खेलमा लाग्नका लागि प्रोत्साहन दिने कराते खेलका प्रशिक्षक धु्र्रवविक्रम मल्ललाई समेत रु दुई लाख तथा सम्मानपत्रसहित सम्मान गरिएको थियो ।

तेक्वान्दो डोजाङका संस्थापक अध्यक्षसमेत रहनुभएका पूर्वब्रिटिस आर्मी दमक–१९ निवासी राष्ट्रकुमार राईले मीराले अल्ट्रा म्याराथनमा अन्तर्राष्ट्रियस्तरमा नै नेपाललाई चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकाले विदेशमा बस्दै आएका नेपालीले उहाँको आर्थिक पाटोमा सघाएको बताउनुभएको थियो ।

नेशनल जियोग्राफीले सन् २०१७ का लागि घोषणा गरेको एड्भेन्चरर्स अफ दि इयरको पिपुल्स च्वाइस अवार्डको मनोनयनमा पर्न उहाँ सफल हुनुभएको थियो ।

भोजपुर जिल्लाको सानोदुम्मा घर भएकी २६ वर्षीया मीरा शान्ति सम्झौतापछि माओवादी लडाकूबाट अयोग्य भएपछि उहाँ एथ्लेटिक्समा लाग्नुभएको थियो ।

काठमाडौँमा भएको अल्ट्रा हिमालयन आउटडोर दौडमा पहिलोपटक भाग लिएर दौड सुरु गर्नुभएको उक्त खेल क्षेत्रको अन्तर्राष्ट्रिय यात्रा भने इटलीबाट सुरु भएको थियो ।

त्यसलगत्तै हङ्कङ र फ्रान्समा भएका अल्ट्रा म्याराथन पनि उहाँले जित्नुभएको थियो । उहाँले पछिल्लोपटक फ्रान्समा ‘मोन्ट ब्लाङ्क’ नामक ८० किलोमिटर दूरीको अल्ट्रा म्याराथन जितेपछि अन्तर्राष्ट्रियस्तरमा आफ्नो उचाइ बनाउनुभएको थियो ।

वि.सं.२०७३ पुस २२ शुक्रवार ०२:५८ मा प्रकाशित

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...