स्याङ्जा – जिउँदो गाई काटेर खाने तिनजनालाई प्रहरीले पक्राउ गरेको छ । स्याङ्जा, गल्याङ ९ मा असोज ११ गते गाई काटेर खाएको अभियोगमा प्रहरिले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
प्रहरीका अनुसार स्याङ्जा, गल्याङ ९ नारायण भुसालको घरमा मासु सुकाई राखेको अवस्थामा फेला परेको र टाउको, आन्द्रा भुँडी खाडल खनि पुरेको अवस्थामा फेला परेको छ । गाई काटी खाने घट्नामा संलग्न अभियुक्तहरु नारायण भुसाल, रामबहादुर सार्की र डोलुराम नेपालीलाई पक्राउ गरी अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।

वि.सं.२०७७ असोज १५ बिहीवार १८:०६ मा प्रकाशित






























