back
CTIZAN AD

बालबालीकाहरुले खाने बोर्नविटा, स्निकर र पिंग्ल्समा पुनः म्याद थपेर बजारमा

वि.सं.२०७७ असोज १६ शुक्रवार

654 

shares

काठमाडाैं – नेपालका अधिक बालबालिकाहरुले दैनिक रुपमा खाने बोर्नबिटा, स्निकर चकलेट र पिंग्ल्स जस्ता बस्तुहरु बजारमा म्याद गुज्रिसकेपछि पुनः म्याद थपेर बेच्ने गरेको भेटिएको छ । खाद्य पदार्थ सम्बन्धि कानुन अनुसार र स्वास्थ्यको दृष्टिकोणले म्याद गुज्रेका खाद्य सामाग्रीहरु बजारबाट फिर्ता गरेर नष्ट विक्रेताले नष्ट गर्नुपर्नेहुन्छ । तर व्यापारिक समुह विशाल ग्रुपले भने म्याद गुज्रिएका अधिक सामाग्रीहरुको रिलेवलिङ गरेर बजारमा पुनः विक्रि गर्दै आइरहेको छ ।

बिहीबार वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभाग र महानगरिय अपराध महाशाखा बानेश्वरले विसाल ग्रुपको भण्डारणमा अप्रेशन गरको थियो । जहाँबाट स्नेकर्स चकलेट, ओरियो बिस्कुट, प्रिङ्गल्स चिप्ससहित बजारमा नियमित प्रयोगमा रहेका आधा दर्जन खाद्य वस्तुमा म्याद सकिएपछि पनि पुनः नयाँ म्याद राखेर बजार पठाउने गरेको भेटिएको वाणिज्य विभागले जनाएको छ ।
स्नेकर्स, ओरियो बिस्कुट, हर्लिक्स, मार्स चकलेट, किल्डे, बण्टी तथा मिल्की र प्रिङ्गल्सको नेपाल आयातकर्ता विशाल समूह रहेको र यसको भगिनी संस्था युनाइटेड डिष्ट्रिब्यूटरले बजारमा सामाग्रीको विक्री वितरण गर्ने गरेको विभागीय स्रोतले जनाएको छ । ‘म्याद गुज्रेर नष्ट गर्नु पर्ने वस्तु आयानले रि–लेबलिङ गरेको र आयनले उक्त वस्तु युनाइटेडमार्फत किनेको देखिएकाले अनुसन्धान विशाल ग्रुपमा गर्नुपर्ने देखिन्छ ।

करिब एक करोड रुपैयाँभन्दा धेरै मूल्यका त्यस्ता वस्तुहरुसहितको गोदाम सिल गरिएको र थप अनुसन्धान विभागले अघि बढाएको छ । सो युनिलिभर कम्पनीबाट उल्पादित बस्तुहरुको पनि रिलेवलिङ गरिरहेको अवस्थामा भेटिएको विभागले जनाएको छ ।

वि.सं.२०७७ असोज १६ शुक्रवार ०९:३६ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...