back
CTIZAN AD

चौतर्फी आलोचना भएपछि क्यानले खेलाडीको छनोट र वर्गीकरण पुन: गर्ने

वि.सं.२०७७ असोज १६ शुक्रवार

897 

shares

असोज १६, काठमाडौँ । चौतर्फी आलोचना भएपछि नेपाल क्रिकेट संघ (क्यान) ले केन्द्रीय खेलाडीहरुको छनोट र वर्गीकरण पुन: गर्ने निर्णय लिएको छ ।

५ असोजमा चितवनमा बसेको बैठकले १८ पुरुष र १९ महिला खेलाडीहरुलाई केन्द्रीय सम्झौतमा राख्दैँ वर्गीकरण गरेको थियो । क्यानले गरेको खेलाडी वर्गीकरणको सबैतिरबाट व्यापक आलोचना भएपछि क्यानले पुन वर्गीकरण गर्ने निर्णय लिएको हो ।

खेलाडीहरुको वर्गीकरणको आधार प्रस्ट नभएको भन्दैँ क्यानको निर्णयमा पुनर्विचार गर्न नेपाल क्रिकेट खेलाडी संघ (सिप्यन) ले क्यान र  राष्ट्रिय खेलकुद परिषद (राखेप) लाई ध्यानाकर्षण पत्र बुझाएको थियाे।

क्यानले विज्ञप्ति जारी गदैँ पुन खेलाडी वर्गीकरण निर्धारण समितिलाई महिला र  पुरुष राष्ट्रिय टिमका कप्तान, उपकप्तान र प्रशिक्षकसँग आवश्यक छलफल गरी सुझावसहितको वर्गीकरण प्रतिवेदन आगामी र्बोड बैठकमा पेस गर्न अनुरोध गरेको छ ।

क्यानले गरेको वर्गीकरणमा पुरुष तर्फबाट स्पिनर ललिथ राजवंशी र महिला तर्फबाट ममता चौधरी, सरस्वती चौधरी र आरती विडारी जस्ता निममित राष्ट्रिय टिममा पर्ने खेलाडीहरुलाई केन्द्रीय सम्झौतमा समावेश नगरेपछि चौतर्फी आलोचना भएको थियो ।

महिला राष्ट्रिय टिममा अहिलेसम्म नपरेका अनुराधा चौधरी र कविता जाशीलाई भने क्यानले केन्द्रीय सम्झौतामा राखेको थियो । पुरुष तर्फबाट पनि क्यानले २०१९ मा कुनै पनि अन्तराष्ट्रिय खेल नखेलेका सुवास खकुरेल र कमल सिंह एरीलाई केन्द्रीय सम्झौताको ग्रेड ‘सि’ मा समावेश गरेकाे थियो ।

वि.सं.२०७७ असोज १६ शुक्रवार १०:३४ मा प्रकाशित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...