back
CTIZAN AD

ओली–प्रचण्ड भेट, सचिवालय बैठक बोलाउने सहमती

वि.सं.२०७७ असोज १६ शुक्रवार

657 

shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक भोली (शनिबार) बस्ने भएको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शुक्रबार भएको छलफलमा शनिबार बैठक बोलाउने सहमती भएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले जानकारी दिए ।

उनका अनुसार सचिवालय बैठक दिउसो ४ बजेलाई बोलाइएको छ ।

पछिल्ला राजदूत नियुक्तीहरुप्रति पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले असन्तुष्टी व्यक्त गरेका थिए । प्रचण्डका प्रेस सल्लाहकार जुगलका अनुसार पछिल्ला विवादहरु बारे समाधान खोज्न सचिवालय बैठक बोलाइएको हो ।

‘यी सबै विषयमा शनिबार सचिवालय बैठक बोलाइएको छ, त्यहिँ नै छलफल गर्ने भन्ने छ, बाँकी कुरा त्यहिँबाट मिल्ला’, सापकोटाले भने ।
दुई अध्यक्षबीच शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै १ घण्टाजति छलफल भएको थियो ।

बिहिबार मन्त्रिपरिषद बैठकले अमेरिका लागि पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा र बेलायतका लागि लोकदर्शन रेग्मीलाई राजदूतमा नियुक्ती गर्न सिफारिस गरेको थियो । साथै बैठकले मुख्यसचिवमा परराष्ट्रका सचिव शंकरदास वैरागीलाई नियुक्ती गरेको थियो ।

वि.सं.२०७७ असोज १६ शुक्रवार १२:०७ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...