‘ट्विटर किलर’ नामबाट परिचित जापानका एक व्यक्तिले आफुले ९ जनाको हत्या गरेको स्वीकारेका छन् । ९ जनाको हत्याको आरोप लागेका ती सिराशी नामका व्यक्तिले अदालत समक्ष दिएको बयानमा ट्विटर मार्फत् व्यक्तिलाई लोभ्याउने र मौका मिल्नासाथ ती व्यक्तिको हत्या गर्ने गरेको बताएका छन् ।
समाचार ऐजेन्सी एएफपीका अनुसार २७ वर्षीय तकाहीरो सिराशी नामका ती व्यक्तिले आफूले ट्विटरमार्फत् ती व्यक्तिहरुको हत्या गरेको स्वीकारेका हुन् । उनका वकिलले भने सिराशीलाई कम सजाय हुनुपर्ने माग गरेका छन् । वकिलका अनुसार सिराशीले त्यस्ता व्यक्तिका हत्या गरेका थिए कि, जो केही न केही समस्याबाट पीडित थिए र उनीहरु मर्न चाहान्थे । उनीहरुले ‘ट्विटर किलर’ सँग आफूले आत्महत्या गर्न चाहेको विचार व्यक्त गरेका थिए । वकिलले यो पनि दावा गरेका छन् कि, उनीहरुले आफ्नो मृत्युको लागि सहमति समेत दिएका थिए ।’
शिरासीले ती व्यक्तिहरुको हत्या गरेको आरोप सत्य ठहरिएमा जापानको कानुन अनुसार उनलाई मृत्युदण्डको सजाय दिइनेछ । शीरासीमाथि बलात्कारको आरोप पनि लागेको छ । एएफपीका अनुसार सिराशीका वकिलले उनीमाथि लागेको आरोप ‘सहमतिमा हत्या’ भएकाले सजाय कम हुनुपर्ने बताएका छन् । सीराशी जो आफै ट्विटरमा ह्यागिंग प्रो’ भन्थे । उनले कथित रुपमा आत्महत्या सम्बन्धी वेवसाइटको प्रयोग गरेर इन्टरनेटमा मानिसहरुसँग सम्पर्क गर्थे । उनको ट्विटरको बायोमा लेखिएको थियो कि, ‘म त्यस्ता व्यक्तिलाई सहयोग गर्न चाहान्छु जो वास्तवमा पीडामा छन्, कृपया मलाई जुनसुकै समयमा पनि डिएम गर्नुहोस् ।’
‘ट्विटर किलर बन्नु भन्दा पहिले सीराशी बाबुचिचो जिल्लामा रहेको वेश्यालयका लागि एक स्काउटका रुपमा काम गर्थे । तीनवर्ष पहिले प्रहरीले एक २३ वर्षीया महिला बेपत्ता भएको अवस्थामा सोधपुछका लागि शिरासीलाई हिरासतमा लिएको थियो । ती महिलाले कथित रुपमा आफूलाई मार्ने इच्छा ट्विटरमार्फत् व्यक्त गरेकी थिइन् । उनी बेपत्ता भएपछि उनका भाइले उनको ट्विटरमा चेक गर्दा संकास्पद म्यासेज भेटिएपछि सिराशीलाई प्रहरीले हिरासतमा लिएको थियो ।
प्रहरीले २०१७ मा शिरासीको घरमा छापा मारेर यस्तो भयानक घटनाका बारेमा सार्वजनिक गरेको थियो । प्रहरीले उनको घरबाट नौ वटा शव निकालेको थियो । कुलर र टुलबक्समा झण्डै २४० बढी मानव कंकालका भाग लुकाएर राखेको पाइएको थियो ।ऐजेन्सीको सहयोगमा
वि.सं.२०७७ असोज १६ शुक्रवार १४:११ मा प्रकाशित
























