back
CTIZAN AD

विश्वविद्यालय अध्ययन र अनुसन्धानको थलो हुनुपर्छ, राजनीति गर्ने थलो हुनुहुँदैन : मुख्यमन्त्री गुरुङ

वि.सं.२०७७ असोज १६ शुक्रवार

750 

shares

गण्डकी – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वविद्यालयमा राजनीतिक भागवण्डाका आधारमा नियुक्ति गर्न नहुने बताए । ‘विश्वविद्यालय अध्ययन अनुसन्धानको थलो हुनुपर्छ । राजनीति गर्ने थलो हुनुहुँदैन । राजनीतिक भागबण्डाका आधारमा पदाधिकारी चुन्दा योग्य व्यक्तिहरुको अपमान हुन्छ,’ मुख्यमन्त्री गुरुङले भने । आज गण्डकी विश्वविद्यालयमा प्रा.डा. नवराज देवकोटालाई उपकुलपतिको सपथ ग्रहण गराउने कार्यक्रममा मुख्य मन्त्री गुरुङले विश्वविद्यालय सम्वन्धि आफ्नो धारणा राखेका थिए ।

अहिले न्यासिक परिषद नवनेको अवस्थामा प्रदेश सरकारको तर्फवाट उपकुलपति नियुक्ति गरिएको र आगामी दिनमा न्यासिक परिषदले नै उपकुलपति नियुक्ति गर्ने मुख्यमन्त्री गुरुङले बताए । ‘पहिलो र अन्तिमपटक गण्डकी विश्वविद्यालयमा हामीले कुलपति र उपकुलपति नियुक्त गर्यौं । अब मुख्यमन्त्रीले कुलपति र उपकुलपति चुन्दैन । न्यासिक परिषद जुन छ, त्यसैले क्राइट्रेरिया बनाएर चुन्छ,’ मुख्यमन्त्री गुरुङले भने । मुख्यमन्त्री गुरुङका अनुसार न्यासिक परिषद्का सदस्य हरेक २ वर्षमा एक तिहाई खालि हुन्छ र नयाँ आउँछन्, न्यासिक परिषद सदस्यको पनि क्राइट्रेरिया छ । जसअनुसार प्राज्ञिक व्यक्तिहरुबाटै विश्वविद्यालयका पदाधिकारी चुनीने प्रकृया हुन्छ ।

विश्वविद्यालयमा पहिला राजामहाराजाहरु कुलपति हुने चलन रहेकाेमा अहिले जनताकाे प्रतिनिधि अर्थात प्रधानमन्त्री हुने परम्पराकाे शुरुवात भएकाे मुख्यमन्त्री गुरुङले बताए । उनले भने ‘विश्वविद्यालयमा पहिलापहिला राजा महाराज कुलपति हुन्थे, अहिले विश्वविद्यालयहरुमा प्रधानमन्त्री कुलपति हुने चलन छ । तर मैले कुलपति हुन चाहिनँ । मुख्यमन्त्री कुलपति हुने होइन ।’

अहिले गण्डकी विश्वविद्यालय देशमा खोलिएका अन्य विश्वविद्यालयको तुलनामा फरक ढंगले खोलिएको मुख्यमन्त्री गुरुङले बताए । उनले भने, ‘यो विश्वविद्यालय मेरो पालामा खोलेको भन्नका लागि मात्रै पनि खोलेको होइन । अहिले मुलुकमा जसरी विश्वविद्यालयहरु चलेका छन्, त्यसरी होइन फरक ढंगले चल्नुपर्छ भनेर गण्डकी विश्वविद्यालय खोलेका हौं । गण्डकी विश्वविद्यालय देशकै नमुना हुनुपर्छ र दक्षिण एसियाका गिनेचुनेका विश्वविद्यालयमा दर्ज हुनुपर्छ ।’

प्रदेश सरकारले गण्डकी विश्वविद्यालयलाई परम्परागत अध्ययन मात्रै नभएर अनुसन्धान गर्ने थलोका रुपमा विकास गर्न खोजेको मुख्यमन्त्री गुरुङले बताए । ‘हामी गण्डकी विश्वविद्यालय अनुसन्धानको थलो होस् भन्ने चाहन्छौं । सामाजिक विकासमा अघि भए पनि अरु प्रदेशको तुलनामा हाम्रो प्रदेशका बच्चाहरु किन पुड्का छन् रु किन अन्डरवेट छन् रु यो रिसर्च हुनुपर्छ । हाम्रा सुन्तलाका बोटमा रोग लाग्यो । किन लाग्यो के लाग्यो रु त्यो रिसर्च हुनुपर्छ । नेपाली कोदोको रक्सी ब्रान्डिङ गर्नुपर्नेछ, बजारीकरण गर्नुपर्नेछ, कसरी गर्ने भनेर रिसर्च हुनुपर्यो । यी सामान्य उदाहरणमात्रै हुन् । थुप्रै छन् रिसर्चका विषय,’ गुरुङले आफ्नो धारणा राखे ।

गण्डकी विश्वविद्यालयवाट अस्ट्रेलिया युरोपको स्तरमा शिक्षा दिन चाहेको मुख्यमन्त्री गुरुङले बताए । उनले भने, ‘आज जसरी ब्रेनड्रेन भइरहेको छ, त्यसलाई रोक्न नसकौंला । तर हामी विकल्प दिन्छौं । संसारमै नाम कहलाएको सिंगापुरको विश्वविद्यालयको शिक्षा हामी यहीं दिन चाहन्छौं । अस्ट्रेलिया र युरोपको जस्तो शिक्षा यहीं दिन चाहन्छौं ।’

वि.सं.२०७७ असोज १६ शुक्रवार १७:२७ मा प्रकाशित

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३/०८४...

बाँझो जमिनमा स्याउखेती २० रोपनी क्षेत्रमा स्याउखेती

बाँझो जमिनमा स्याउखेती २० रोपनी क्षेत्रमा स्याउखेती

ढोरपाटन (बागलुङ) । तमानखोला गाउँपालिकाले वर्षौंसम्म बाझो रहेको २० रोपनी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...