back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् नेपालमा असोज १६ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ असोज १६ शुक्रवार

702 

shares

१६ असोज, काठमाण्डौं । नेपालमा शुक्रबार ( १६ असोज) सम्म पिसीआर प्रविधिबाट १० लाख ४८ हजार ६८६ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १४,७३९ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित २१,२३४ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ९,४७४ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या ११,७६० रहेको छ ।

त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा २१० जना संक्रमित उपचाररत छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ मा २४, प्रदेश २ मा १७, बागमती प्रदेशमा १०८, गण्डकी प्रदेशमा ६, र प्रदेश नं ५ मा ४१, कर्णाली प्रदेशमा १३ र सुदूरपश्चिमा १ जना गरी जम्मा २१० जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश १ मा २ जना, प्रदेश २ मा १, बागमती प्रदेशमा २२ र प्रदेश ५ मा ४ जना गरी जम्मा २९ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला मोरङ, सिराहा, काठमाडौ,ं भक्तपुर, ललितपुर, चितवन र रुपन्देही गरी ७ वटा रहेका छन् । साथै हालसम्म संक्रमित शून्य भएका जिल्लाहरु ३ रहेका छन् । जसमा मनाङ, मुस्ताङ र डोल्पा रहेका छन् ।

त्यस्तै आज थपिएका २७२२ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ । साथै आज ३३,०७ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६० हजार ६९६ पुगेको छ ।

आज ११ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५२० पुगेको छ ।

आज काठमाडौं उपत्यकामा मात्रै १६३८ कोरोना संक्रमित थपिए, देशैभरी २७२२ जनामा संक्रमण
नेपालमा आज काठमाडौं उपत्यकाका १६३८ जनासहित देशैभरी २७२२ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा १२८०, ललितपुरमा १९६ र भक्तपुरमा १६२ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुर, खोटाङ, ताप्लेजुङ र संखुवासभामा १\१ जना, झापामा २३, तेह्रथुममा २, मोरङमा १५० र सुनसरीमा २३ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा ५, पर्सामा २४, बारामा १४, महोत्तरीमा ६, रौतहटमा ४, सप्तरीमा १५, सर्लाहीमा ६ र सिराहामा २२ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा १२८०, काभ्रेपलान्चोकमा २३, चितवनमा ८३, दोलखामा २, धादिङमा २३, नुवाकोटमा ११, भक्तपुरमा १९६, मकवानपुरमा ५५ रामेछापमा ३, ललितपुरमा १६२, सिन्धुपाल्चोकमा १०, र सिन्धुलीमा १३ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा १३, गोरखामा ४, तनहुँमा ७, नवलपरासीपुर्वमा १६, पर्वतमा १, म्याग्दीमा ३, लमजुङमा १४, बाग्लुङमा १२ र स्याङजामा २ जना संक्रमित थपिएका छन् ।

त्यस्तै प्रदेश नं ५ को अर्घाखाँचीमा १०, कपिलवस्तुमा ७, गुल्मीमा २६, दाङमा २८, नवलपरासीमा २३, पाल्पामा ११, प्युठानमा ११, बर्दियामा ९, बाँकेमा ७०, रुपन्देहीमा ९२ र रोल्पामा २ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको कालिकोटमा ३, जुम्ला ६, दैलेखमा १० र सुर्खेतमा १२२ जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको अछाममा ८, कन्चनपुरमा ७, कैलालीमा १३, डोटीमा ८, दार्चुलामा १५, बझाङमा ५, बाजुरामा १ र बैतडीमा ३ जना संक्रमित थपिएसँगै आज देशैभरी २७२२ जना संक्रमित थपिएका छन् । जसमा महिला ९६५ र पुरुष १७५७ जना रहेका छन् । आज थपिएका २७२२ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ ।

कोरोना संक्रमणबाट आज एकैदिन ३३०७ जना मुक्त, निको हुनेको संख्या ६०,६९६ पुग्यो
कोरोना संक्रमणबाट आज सबैभन्दा बढी ३३०७ जना निको भएका छन् । यो संख्या एकैदिन निको भएकामध्ये हालसम्मकै बढी संख्या हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेका मध्ये ३३,०७ जना निको भएका हुन् ।
आज निको भएका ३३०७ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६० हजार ६९६ पुगेको छ ।

हालसम्म कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा ५,४०२, प्रदेश २ मा १३,९२८, बागमती प्रदेशमा १८,८५१, गण्डकी प्रदेशमा ३,३७९, प्रदेश नं ५ मा ९,०८१, कर्णाली प्रदेशमा ३,०२५ र सुदूरपश्चिम प्रदेशमा ७,०३० जना गरी हालसम्म जम्मा ६० हजार ६९६ जना निको भएका हुन् ।

यस्तो छ क्वारेन्टिनमा रहनेको संख्या
प्रदेश १ मा ५५६, प्रदेश २ मा १४२, बागमती प्रदेशमा ५३९, गण्डकी प्रदेशमा ६४१, प्रदेश नं ५ मा ११८१, कर्णाली प्रदेशमा ५९२ र सुदूरपश्चिम प्रदेशमा १२३४ जना गरी हालसम्म जम्मा ४,८८५ जना विभिन्न स्थानीय निकायका क्वारेन्टिनमा रहेका छन् । यो संख्या दिनप्रतिदिन घटिरहेको छ ।

यस्तो छ संस्थागत तथा होम आइसोलेसनमा रहनेको संख्या
प्रदेश अनुसार संस्थागत आइसोलेशनमा रहनेमा प्रदेश १ मा २७०, प्रदेश २ मा ६२९, बागमती प्रदेशमा ६,५११, गण्डकी प्रदेशमा ५५३, प्रदेश नं ५ मा १,०५१, कर्णाली प्रदेशमा ४२५ र सुदूरपश्चिम प्रदेशमा ३५ जना गरी हालसम्म जम्मा ९,४७४ जना संस्थागत आइसोेलेसनमा रहेका छन् ।

त्यस्तै होम आइसोलेसनमा बस्नेहरुमा प्रदेश १ मा १६६७, प्रदेश २ मा ६१२, बागमती प्रदेशमा ६,९१८, गण्डकी प्रदेशमा ५३२, प्रदेश नं ५ मा १२०९, कर्णाली प्रदेशमा २५९ र सुदूरपश्चिम प्रदेशमा ५६३ जना गरी ११७६० जना रहेका छन् ।

कोरोना संक्रमणबाट आज ११ जनाको मृत्यु, मृतकको संख्या ५२० पुग्यो
कोरोना संक्रमणबाट नेपालमा आज ११ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ८ जिल्लाका ११ जनाको मृत्यु भएको छ । जसमा ४ महिला र ७ जना पुरुष रहेका छन् ।

मन्त्रालयका अनुसार आज मोरङका २७ वर्षीय, ललितपुरका ३२ वर्षीय र ७० वर्षीय, मकवानपुरका ७८ वर्षीय, रुपन्देहीका ६० वर्षीय, बाँकेका ५२ र ५९ वर्षीय गरी ७ जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

त्यसैगरी भक्तपुरकी ६१ र ५१ वर्षीया, काठमाडौंकी ६७ वर्षीया र सुर्खेतकी ७५ वर्षीया गरी ४ महिलाको पनि संक्रमणबाट मृत्यु भएको हो ।
आज थपिएका ११ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५२० पुगेको छ ।

हेर्नुहोस् यस्तो छ नेपालमा असोज १५ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ असोज १६ शुक्रवार १८:१० मा प्रकाशित

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले विपन्न वर्गलाई निःशुल्क शिक्षा र...

वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह

वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हाल ‘होल्डिङ सेन्टर’मा रहेका वास्तविक...

राष्ट्रियसभाको बैठक सुरु

राष्ट्रियसभाको बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुरु भएको छ । आगामी आर्थिक...

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

काठमाडौँ । उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय...

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

मुस्ताङ । पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आवको...

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

काठमाडौँ । आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा...