back
CTIZAN AD

ट्रम्पको मृत्युको कामना गर्नेहरुको पोष्टमा प्रतिबन्ध

वि.सं.२०७७ असोज १८ आइतवार

729 

shares

१८ असोज । कसैलाई कोही व्यक्ति मन नपर्न सक्छ, तर मन परेन भन्दैमा मृत्युको कामना गर्नु पागलपन हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यतिबेला कोभिड १९ पोजेटिभ भएपछि उपचाररत छन्, केही व्यक्तिहरुले उनको सुस्वास्थ्यलाभको कामना गर्नुको सट्टा मृत्युको कामना गरेपछि सामाजिक सञ्जाल टिव्टरले त्यस्ता पोष्टहरुमा प्रतिबन्ध लगाएको छ ।

‘द स्क्वाड’ भनेर चिनिने चार प्रगतिशील डेमोक्याटिक कंग्रेसवोमनले ट्वीटरमा राष्ट्रपति ट्रम्पको उपचारमा प्रभाव पार्ने वा मृत्युको कामना गरेको पोष्टहरु भएको देखेपछि त्यो नीति विरुद्ध भएको भन्दै उनीहरुले आश्चर्य व्यक्त गरेका छन् ।

डेमोक्रेटिकका प्रतिनिधि न्यूयोर्कको अलेक्जान्ड्रिया ओकासिया–कर्तेज, मिशिगनकी रशिदा क्लाइब, मिनेसोटाकी इल्हान उमर र म्यासाचुसेट्सकी अयान प्रेसलीले सोशल मीडियामा ट्रम्प विरुद्ध लेखिएका पोष्टहरुका बारेमा बोलेका छन् । उनीहरुले आफूहरुलाई आएको धम्किका बारेमा पनि ट्विटरले पर्याप्त काम नगरिरहेको बताएका छन् ।

राष्ट्रपतिको मृत्युको चाहना गर्ने व्यक्तिहरूबारे शुक्रवार ट्विटरका प्रवक्ताले मिडियालाई टिव्ट गरेका छन्, ‘मृत्युको अपेक्षा, गम्भीर शारीरिक चोट वा कसैलाई पनि घातक रोगको अपेक्षा गर्ने ट्वीट्सलाई अनुमति छैन र हटाउनु पर्ने हुन्छ । ’

‘गम्भीरताका साथ भन्नुपर्दा यो गडबडी भएको छ । ट्वीटरेद्वारा गरिएको मृत्युको धम्कीलाई अझ गम्भीरतापूर्वक लिनुपर्दछ ।’ रशिदा ब्लाइबले जवाफमा ट्वीट गरेकी छन् ।

ओपसियो–कर्टेज, ओमर र प्रेसलीले ट्वीट गर्नै भनेका छन् ‘ट्विटरले उनीहरू विरुद्ध गरिएको धम्कीलाई गम्भीर रूपमा लिएको छैन ।’
‘द स्क्वाड’ टोलिका सदस्यहरु सामाजिक सञ्जालमा प्राय धम्किको शिकार भएका हुन्छन् । पोष्टहरुमा उनीहरुको मृत्युको कामना गरिएका हुन्छन् । (सिएनएन)

वि.सं.२०७७ असोज १८ आइतवार १५:३९ मा प्रकाशित

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...