लमजुङ – वेशिशहर नगरपालिका, ४, पुरानोकोट गढीमा भ्युटावरको शिलान्यास भएको छ । आज एक कार्यक्रमको आयोजना गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भ्युटावर सहित बगैंचा निर्माणको शिलान्यास गरेका हुन् ।
पुरानोकोट गढी पुरातात्कि हिसाबले पनि महत्वपुर्ण ठाउँ रहेको बताउँदै मुख्यमन्त्री गुरुङले सो क्षेत्रलाई पहिचान गरेर संरक्षण र विकास गर्दै सौन्दर्यकरण गर्ने कुरामा बेशिशहर नगरपालिकाले चालेको कदममा शुभकामना व्यक्त गरे । मुख्यमन्त्री गुरुङले करिब ५ करोड लागतमा निर्माण हुने भ्युटावरले सो क्षेत्रको पर्यटन विकासमा महत्वपुर्ण योगदान पुर्याउने विश्वास गरे ।
वि.सं.२०७७ असोज १८ आइतवार १७:२८ मा प्रकाशित






























