back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् नेपालमा आजसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ असोज १८ आइतवार

744 

shares

१८ असोज, काठमाण्डौं । नेपालमा आइतबार (१८ असोज) सम्म पिसीआर प्रविधिबाट १० लाख ७४ हजार ४४८ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १२,७८४ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित २२ हजार २१९ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा १०,३२६ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या ११,८९३ रहेको छ ।

त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा २२६ जना संक्रमित उपचाररत छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ मा २८, प्रदेश २ मा १७, बागमती प्रदेशमा ११२, गण्डकी प्रदेशमा ६, प्रदेश नं ५ मा ४४, कर्णाली प्रदेशमा १५ र सुदुरपश्चिम प्रदेशमा ४ जना गरी जम्मा २२६ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश १ मा १ जना, बागमती प्रदेशमा २७ र प्रदेश ५ मा ६ जना गरी जम्मा ३४ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला मोरङ, सिराहा, काठमाडौ, भक्तपुर, ललितपुर, चितवन र रुपन्देही गरी ७ वटा रहेका छन् । साथै मनाङ, मुस्ताङ र डोल्पा संक्रमित शून्य भएका छन् ।

त्यस्तै आज थपिएका २२५३.जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ६४ हजार ६९ पुगेको छ । साथै आज १३२९ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६४ हजार ६९ पुगेको छ ।

आज ७ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५३५ पुगेको छ ।

आज काठमाडौं उपत्यकाका १५६३ सहित दैशैभरी थपिए २२५३ कोरोना संक्रमित
नेपालमा आज काठमाडौं उपत्यकाका १५६३ जनासहित देशैभरी २२५३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा १३३७, ललितपुरमा १८७ र भक्तपुरमा ३९ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुरमा २, खोटाङमा ३, झापामा १६, मोरङमा ८१, संखुवासभामा १ र सुनसरीमा ८ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा ९, पर्सामा ८, बारामा ७, महोत्तरीमा १, रौतहटमा ५, सप्तरीमा ३, सर्लाहीमा ६ र सिराहामा ७ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा १३३७, काभ्रेपलान्चोकमा १०, चितवनमा ५२, दोलखामा २, धादिङमा ८, नुवाकोटमा १४, भक्तपुरमा ३९, मकवानपुरमा २२, रसुवामा २, रामेछापमा २, ललितपुरमा १८७ र सिन्धुपाल्चोकमा ८, जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा ४, तनहुँमा १९, नवलपरासीपूर्वमा ४०, लमजुङमा ७, बाग्लुङमा ३ र स्याङजामा ४ जना संक्रमित थपिएका छन् ।

त्यस्तै प्रदेश नं ५ को कपिलवस्तुमा ४, गुल्मीमा ४, दाङमा ९, नवलपरासीमा १, पाल्पामा १५, प्युठानमा ५, बर्दियामा १३, बाँकेमा ५० र रुपन्देहीमा ५२ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको कालिकोटमा १, दैलेखमा ८, रुकुम पश्चिममा २, सल्यानमा २ र सुर्खेतमा ५४, जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको कन्चनपुरमा २१, कैलालीमा ५५ र डडेल्धुरा, बझाङ र बैतडीमा १\१ जना संक्रमित थपिएसँगै आज देशैभरी २२५३ जना संक्रमित थपिएका छन् । जसमा महिला ८३० र पुरुष १४२३ जना रहेका छन् । आज थपिएका २२५३ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ ।

नेपालमा आज १३२९ जना कोरोना संक्रमणबाट मुक्त भएसँगै निको हुनेको संख्या ६४ हजार नाघ्यो
नेपालमा आज १३२९ जनाले कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरुमध्ये १३२९ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका १३२९ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६४ हजार ६९ पुगेको छ ।

हालसम्म कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा ५७३३, प्रदेश २ मा १४,२९१, बागमती प्रदेशमा २०,४९३, गण्डकी प्रदेशमा ३६५७, प्रदेश नं ५ मा ९,५५५, कर्णाली प्रदेशमा ३१८५, र सुदूरपश्चिम प्रदेशमा ७,१५५ जना गरी हालसम्म जम्मा ६४ हजार ६९ जना निको भएका हुन् ।

यस्तो छ क्वारेन्टिनमा रहनेको संख्या
प्रदेश १ मा४७४, प्रदेश २ मा १२६, बागमती प्रदेशमा ४९३, गण्डकी प्रदेशमा ६३२, प्रदेश नं ५ मा ११९१, कर्णाली प्रदेशमा ५३४, र सुदूरपश्चिम प्रदेशमा ७५३ जना गरी हालसम्म जम्मा ४,२०३ जना विभिन्न स्थानीय निकायका क्वारेन्टिनमा रहेका छन् ।

यस्तो छ संस्थागत तथा होम आइसोलेसनमा रहनेको संख्या
प्रदेश अनुसार संस्थागत आइसोलेशनमा रहनेमा प्रदेश १ मा २२९, प्रदेश २ मा ५४१,बागमती प्रदेशमा ७,६५५, गण्डकी प्रदेशमा ४०६, प्रदेश नं ५ मा ८९६, कर्णाली प्रदेशमा ३६४ र सुदूरपश्चिम प्रदेशमा २३५ जना गरी हालसम्म जम्मा १०,३२६ जना संस्थागत आइसोेलेसनमा रहेका छन् ।

त्यस्तै होम आइसोलेसनमा बस्नेहरुमा प्रदेश १ मा १७५०, प्रदेश २ मा ५५८,बागमती प्रदेशमा ७१५३, गण्डकी प्रदेशमा ५३२, प्रदेश नं ५ मा १२०७, कर्णाली प्रदेशमा २८०, र सुदूरपश्चिम प्रदेशमा ४१८ जना गरी ११,८९३ जना रहेका छन् ।

आज ७ जना थपिएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५३५ पुग्यो
नेपालमा आज पनि कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ६ जिल्लाका ७ जनाको मृत्यु भएको छ । जसमा ४ जना महिला र ३ जना पुरुष रहेका छन् ।
मन्त्रालयका अनुसार आज चितवनकी ५५ वर्षीया, मकवानपुरकी ५ दिने बालिका, बाँकेकी २५ वर्षीया, र कन्चनपुरकी २९ वर्षीया सहित १ बालिकासहित ४ जनाको मृत्यु भएको हो ।

काठमाडौंका ५५ वर्षीय, ललितपुरका ७७ वर्षीय र बाँकेका ६० वर्षीय सहित ३ पुरुषको मृत्यु भएको हो ।  आज थपिएका ७ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५३५ पुगेको छ ।

हेर्नुहोस् यस्तो छ नेपालमा असोज १७ सम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ असोज १८ आइतवार १७:४८ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...