१७ असोज, काठमाण्डौं । नेपालमा शनिबार (१७ असोज) सम्म पिसीआर प्रविधिबाट १० लाख ६१ हजार ६६४ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।
जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १२,९७८ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित २१,३०२ रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ९,७७३ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या ११,५२९ रहेको छ ।
त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा २१७ जना संक्रमित उपचाररत छन् ।
मन्त्रालयका अनुसार प्रदेश १ मा २२, प्रदेश २ मा १७, बागमती प्रदेशमा ११६, गण्डकी प्रदेशमा ६, प्रदेश नं ५ मा ३७, कर्णाली प्रदेशमा १६ र सुदुरपश्चिमा ३ जना गरी जम्मा २१७ जना आइसीयुमा उपचाररत छन् ।
त्यसैगरी प्रदेश १ मा २ जना, प्रदेश २ मा १, बागमती प्रदेशमा २४ र प्रदेश ५ मा ४ जना गरी जम्मा ३१ जना भेन्टिलेटरमा उपचाररत छन् ।
त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला मोरङ, सिराहा, काठमाडौ, भक्तपुर, ललितपुर, चितवन र रुपन्देही गरी ७ वटा रहेका छन् । साथै हालसम्म संक्रमित शून्य भएका जिल्लाहरु ३ रहेका छन् । ती जिल्लामा मनाङ, मुस्ताङ र डोल्पा रहेका छन् ।
त्यस्तै आज थपिएका २१२० जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ । साथै आज २,०४४ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६२ हजार ७४० पुगेको छ ।
आज ८ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५२८ पुगेको छ ।
आज काठमाडौं उपत्यकाका ११७७ सहित २१२० जनामा कोरोना संक्रमण
नेपालमा आज काठमाडौं उपत्यकाका ११७७ जनासहित देशैभरी २१२० जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा १००१, ललितपुरमा १०९ र भक्तपुरमा ६७ जना संक्रमित थपिएका हुन् ।
मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुर ७, ओखलढुंगामा ४, खोटाङमा ५, झापामा ९, धनकुटामा १, मोङमा १११, संखुवासभामा २ र सुनसरीमा १२२ जना संक्रमित थपिएका हुन् ।
प्रदेश २ को धनुषामा १३, पर्सामा १८, बारामा २५, महोत्तरीमा ५, रौतहटमा ८२, सप्तरीमा १९, सर्लाहीमा ५ र सिराहामा ८ जना संक्रमित थपिएका छन् ।
बागमती प्रदेशको काठमाडौंमा काठमाडौंमा १००१, काभ्रेपलान्चोकमा १४, चितवनमा ७५, दोलखामा ४, धादिङमा ८, नुवाकोटमा ८, भक्तपुरमा ६७, मकवानपुरमा १२, रामेछापमा ६, ललितपुराम १०२, सिन्धुपाल्चोकमा २ र सिन्धुलीमा ६ जनामा संक्रमण देखिएको छ ।
गण्डकी प्रदेशको कास्कीमा २२, गोरखामा ६, तनहुँमा १०, नवलपरासीपुर्वमा ८, पर्वत, म्याग्दी, वाग्लुङ र स्याङजामा १÷१ जना र लमजुङमा ३ जना संक्रमित थपिएका छन् ।
त्यस्तै प्रदेश नं ५ को अर्घाखाँचीमा २, कपिलवस्तुमा ६, गुल्मीमा २, दाङमा ४, नवलपरासीमा ६, पाल्पामा ७, प्युठानमा १०, बाँकेमा १९, रुपन्देहीमा ९८ र रोल्पामा १ जनामा संक्रमण पुष्टि भएको छ ।
कर्णाली प्रदेशको कालिकोटमा १, दैलेखमा ९ र सुर्खेतमा ४३ जना संक्रमित थपिएका हुन् ।
सुदूरपश्चिम प्रदेशको कन्चनपुरमा ५, कैलालीमा ९३, डडेल्धुरामा २, दार्चुला, बझाङ र बाजुरामा १\१ जना जना संक्रमित थपिएसँगै आज देशैभरी २१२० जना संक्रमित थपिएका छन् । जसमा महिला ७६६ र पुरुष १३५४ जना रहेका छन् । आज थपिएका २१२० जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ ।
आज एकैदि २,०४४ कोरोना संक्रमित निको भए, निको हुनेको संख्या ६२,७४० पुग्यो
नेपालमा आज कोरोना संक्रमणबाट २,०४४ जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमारहेकाहरु मध्ये २,०४४ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका २,०४४ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६२ हजार ७४० पुगेको छ ।
हालसम्म कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा ५,६५५, प्रदेश २ मा १४,२१५, बागमती प्रदेशमा १९,६५६, गण्डकी प्रदेशमा ३,५९९ प्रदेश नं ५ मा ९,३४६, कर्णाली प्रदेशमा ३,१५५ र सुदूरपश्चिम प्रदेशमा ७,१११ जना गरी हालसम्म जम्मा ६२ हजार ७४० जना निको भएका हुन् ।
यस्तो छ क्वारेन्टिनमा रहनेको संख्या
प्रदेश १ मा ५०८, प्रदेश २ मा १७, बागमती प्रदेशमा ५०७, गण्डकी प्रदेशमा ६४१, प्रदेश नं ५ मा १२०९कर्णाली प्रदेशमा६०३ र सुदूरपश्चिम प्रदेशमा ६७८ जना गरी हालसम्म जम्मा ४२७३ जना विभिन्न स्थानीय निकायका क्वारेन्टिनमा रहेका छन् । यो संख्या दिनप्रतिदिन घटिरहेको छ ।
यस्तो छ संस्थागत तथा होम आइसोलेसनमा रहनेको संख्या
प्रदेश अनुसार संस्थागत आइसोलेशनमा रहनेमा प्रदेश १ मा २४०, प्रदेश २ मा ६११, बागमती प्रदेशमा ६८९२, गण्डकी प्रदेशमा ३८७, प्रदेश नं ५ मा ९५१, कर्णाली प्रदेशमा २९७ र सुदूरपश्चिम प्रदेशमा ३१४जना गरी हालसम्म जम्मा ९७१३ जना संस्थागत आइसोेलेसनमा रहेका छन् ।
त्यस्तै होम आइसोलेसनमा बस्नेहरुमा प्रदेश १ मा १७०५, प्रदेश २ मा ५१८, बागमती प्रदेशमा ७०३५, गण्डकी प्रदेशमा ५३२, प्रदेश नं ५ मा १२०५, कर्णाली प्रदेशमा २३० र सुदूरपश्चिम प्रदेशमा ३०२ जना गरी ११, ५२९ जना रहेका छन् ।
कोरोना संक्रमणबाट आज ८ जनाको मृत्यु, मृतकको संख्या ५२८ पुग्यो
नेपालमा कोरोना संक्रमणबाट आज पनि ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ७ जिल्लाका ८ जनाको मृत्यु भएको छ । जसमा २ जना महिला र ६ जना पुरुष रहेका छन् ।
मन्त्रालयका अनुसार आज ललितपुरका ६७ वर्षीय, काठमाडौंका ८३ र ६८ वर्षीय, सिन्धुपाल्चोकका ४१ वर्षीय, दोलखाका ६५ वर्षीय र कैलालीका ७९ वर्षीय गरी ६ जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
त्यसैगरी सुनसरीकी २८ र चितवनकी ७६ वर्षीय गरी २ महिलाको मृत्यु भएको स्वास्थ् यमन्त्रालयले जानकारी दिएको छ ।
.आज थपिएका ८ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५२८ पुगेको छ ।
यस्तो छ हेर्नुहोस् नेपालमा असोज १६ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण
वि.सं.२०७७ असोज १७ शनिवार १७:५३ मा प्रकाशित






























