back
CTIZAN AD

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख नाघ्यो

वि.सं.२०७७ असोज १७ शनिवार

771 

shares

कुल सङ्क्रमित मध्ये ५४ लाख २७ हजार ७०७ जना सङ्क्रमणमुक्त भइसकेका छन् भने नौ लाख ४४ हजार ९९६ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् ।

१७ असोज । भारतका कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको संख्या एक लाख नाघेको छ । पछिल्लो २४ घण्टामा थप एक हजार ६९ जनाको मृत्यु भएसँगै शनिबार बिहानसम्ममा कुल मृतकको संख्या एक लाखभन्दा बढी पुगेको हो । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिलेसम्म कोरोनाका कारण एक लाख ८४२ जनाको मृत्यु भएको जनाएको छ ।

एकैदिनमा सङ्क्रमित हुनेहरुको संख्यामा भने कमी आएको देखिएको छ । केही दिन अघिसम्म दैनिक झण्डै एक लाख मानिस सङ्क्रमित हुने गरेकोमा अहिले घटेर ८० हजारको हाराहारीमा झरेको छ ।

सरकारी अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ७९ हजार ४७६ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । योसँगै भारतमा कुल सङ्क्रमितको संख्या ६४ लाख ७३ हजार ५४५ पुगेको मन्त्रालयले जनाएको छ ।

कुल सङ्क्रमित मध्ये ५४ लाख २७ हजार ७०७ जना सङ्क्रमणमुक्त भइसकेका छन् भने नौ लाख ४४ हजार ९९६ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् । भारतमा सवैभन्दा धेरै सङ्क्रमितहरु महाराष्ट्र प्रदेशमा रहेका छन् भने त्यसपछि क्रमशः कर्नाटक, केरला, आन्ध्रप्रदेशमा धेरै सङ्क्रमितहरु रहेका छन् ।

भारतमा अहिलेसम्म सात करोड ७८ लाख ५० हजार ४०३ जनाको कोरोना परीक्षण गरिएको छ । ती मध्ये शुक्रबार मात्रै ११ लाख ३२ हजार ६७५ जनाको कोरोना परीक्षण गरिएको भारतीय मेडिकल रिसर्च काउन्सीलले जनाएको छ ।

वि.सं.२०७७ असोज १७ शनिवार १७:४७ मा प्रकाशित

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...