back
CTIZAN AD

ट्रम्पको उपचारमा मुसाबाट बनेको औषधी

वि.सं.२०७७ असोज १८ आइतवार

714 

shares

काठमाडौं । कोरोना संक्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मेरील्याण्डको वाल्टर रीड अस्पतालमा भर्ना भएका छन् । अस्पताल भर्ना भएका उनलाई रुघा–खोकी र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

लक्षणसहितका संक्रमित देखिएका ट्रम्पको उपचारमा चिकित्सकले फरक विधि प्रयोग गरेका छन् । सञ्चार माध्यमले जनाएअनुसार उनको उपचारमा हाल मान्छे र मुसाबाट बनेको एन्टीबडीबाट बनेकाे औषधीकाे प्रयोग गरिएको छ । चिकित्सकले ट्रम्पको उपचारमा प्रयोग गरिएको औषधीलाई ‘रिजन–कोभ २’ नाम दिएका छन् ।

औषधी अमेरिकाका चिकित्सकले बनाएको

ट्रम्पको उपचारमा प्रयोग भएको ‘रिजन–कोभ २’ नामका औषधी अमेरिकी चिकित्सकले अमेरिकामै उत्पादन गरेको औषधी हो । जनाइएअनुसार रिजन–कोभ २ औषधीको परिक्षण हाल बेलायतको लण्डनमा चलिरहेको छ ।

यो औषधी मुसा र कोरोना निको भएका बिरामीको एन्टीबडिको प्रयोग गरिएको बनाइएको हो । कम्पनीको दाबीअनुसार मुसाको एन्टीबडि र कोरोना निको भएका बिरामीको एन्टीबडिबाट शरिरमा प्रवेश गर्ने कोरोना भाइरस न्यूट्रिलाइज गराउन मद्दत गर्दछ ।

जनाइएअनुसार ट्रम्पलाई प्रयोग गरिएको औषधी कति प्रभावकारी छ भन्ने कुरा भने स्पष्ट भईसकेको छैन् ।

औषधी सुरक्षित छ – अक्सफोर्ड यूनिभर्सिटी

अक्सफोर्ड यूनिभर्सिटीका प्रोफेसर पीटर हार्बीले ट्रम्पको उपचारमा प्रयोग भएको रिजन–कोभ २ औषधी सुरक्षित रहेको दाबी गरेका छन् । उनका अनुसार औषधीले ६ हप्तासम्ममा निको गराउने पुष्टि भएको छ ।

प्रो. पीटरका अनुसार यो औषधीले गम्भीर लक्षण देखिएका करिब ५ सय बिरामीको उपचार भईसकेको छ । उपचारमा कुनै समस्या देखिएको छैन् । औषधी निकै असरदारसमेत देखिएको छ ।

वि.सं.२०७७ असोज १८ आइतवार १७:५० मा प्रकाशित

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आगामी नेतृत्वका लागि तीन...

रास्वपा महाधिवेशनः मतदान भोलि

रास्वपा महाधिवेशनः मतदान भोलि

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि...

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

कास्की । पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले...

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनका निम्ति तीन...

रास्वपा महाधिवेशन: बन्दसत्र १ बजेबाट सुरू हुने

रास्वपा महाधिवेशन: बन्दसत्र १ बजेबाट सुरू हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन अन्तर्गत बन्दसत्र दिउँसो...

विष्णु पौडेल पक्राउ प्रकरणः एमाले संसदीय दल र सचिवालय बैठक बस्दै

विष्णु पौडेल पक्राउ प्रकरणः एमाले संसदीय दल र सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेले संसदीय दल र केन्द्रीय सचिवालय बैठक...