back
CTIZAN AD

चितुवा आक्रमणबाट क्षति भएको परिवारलाई मन्त्री लम्सालद्वारा राहत वितरण

वि.सं.२०७७ असोज १८ आइतवार

786 

shares

पर्वत – चितुवा बाघको आक्रमणबाट घाइते भएका व्याक्ति तथा पशुचौपायको क्षति भएको परिवारलाई आज एक कार्यक्रम गरि गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले राहत उपलब्ध गराएका छन् ।

डिभिजन वन कार्यालय पर्वतको आयोजना मन्त्री लम्सालले चितुवाको आक्रमणमा परि घाइते भएकी जलजला, ४, माझफाँटकी पदमकुमारी मल्ललाई १ लाख ३७ हजार ७ सय ५४ रुपैयाँ प्रदान गरे । त्यस्तै जंगली जनावरको आक्रमणबाट पशुचौपायको क्षति भएका २४ जनालाई मन्त्री लम्सालले नगद राहत प्रदान गरे ।

पिडितहरुलाई राहत उपलब्ध गराउँदै मन्त्री लम्सालले गण्डकी प्रदेशमा बन्यजन्तुबाट मानिस र पशुचौपायमा आक्रमण बढ्दै आएको बताउँदै आगामी दिनमा प्रदेश सरकारले बन्यजन्तुको संरक्षणसँगै पर्यटन विकासको क्षेत्रलाई समेत प्राथमिकता दिनेगरी कार्यक्रम अगाडि बढाउने बताए । मन्त्री लम्सालका अनुसार प्रदेश सरकारले १४ प्रकारका बन्यजन्तुबाट आक्रमण गरेर क्षति भएमा क्षतिपुर्ति पाईने गरि आवश्यक कार्यविधिको व्यवस्था गरेको छ ।

वन्यजन्तुवाट हुने क्षतिको राहत सहयोग वितरण कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, नेपाल प्रहरी र पर्वत जिल्लाका विभिन्न कार्यालयका प्रमुखहरुको सहभागिता रहको थियो ।

वि.सं.२०७७ असोज १८ आइतवार १८:०३ मा प्रकाशित

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३/०८४...

बाँझो जमिनमा स्याउखेती २० रोपनी क्षेत्रमा स्याउखेती

बाँझो जमिनमा स्याउखेती २० रोपनी क्षेत्रमा स्याउखेती

ढोरपाटन (बागलुङ) । तमानखोला गाउँपालिकाले वर्षौंसम्म बाझो रहेको २० रोपनी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...