२० असोज, काठमाडौं । कुमारी बैंक तथा बिभिन्न होटल तथा रिसोर्टहरुबिच बैंकका सेवाग्राहीहरुलाई छुट सुबिधा उपलब्ध गराउने सहमती भएको छ । बैंकले आफ्ना सेवाग्राहीको सुबिधालाई मध्यनजर गर्दै यो सहमती गरेको हो ।
कुमारी बैंक र टिका रिसोर्ट, सुईट्स एण्ड स्पाबिच छूट दिने सहमती

अब कुमारी बैंक र टिका रिसोर्ट, सुईट्स एण्ड स्पाका बीच होटलका विभिन्न सेवा सुविधाहरुमा छूट दिने सम्झौता भएको छ । सम्झौता पश्चात् कुमारी बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरु सेवाग्राहीहरुले पोखरास्थित टिका रिसोर्ट, सुईट्स एण्ड स्पामा खानपानमा २०% सम्मको, बसाईमा आकर्षक छुट पाउने सहमती भएको छ । त्यस्तै सेवाग्राहीहरुले सोही रिसोर्टहरूका अतिरिक्त मनोरञ्जनात्मक क्रियाकलापहरुमा पनि विविध सहुलियत प्राप्त गर्न सक्नेछन् ।
पोखरास्थित टिका रिसोर्ट, सुईट्स एण्ड स्पामा खानपानमा २०% सम्मको, बसाईमा आकर्षक छुट पाउने सहमती भएको छ ।
सम्झौतापत्रमा कुमारी बैंक लेकसाईडकी शाखा प्रबन्धक प्रतीक्षा पोखरेल र टिका रिसोर्ट, सुईट्स एण्ड स्पाका प्रबन्ध निर्देशक टीका पौडेलले हस्ताक्षर गरेका छन् । सो सहकार्यले यस समूह अन्तर्गतका होटेल तथा रिसोर्ट तर्फ कुमारी बैंकका ग्राहकहरुको आकर्षण बढ्ने तथा सोही रिसार्टे बसाई, खानपान आदिमा बैंकका ग्राहकहरुलाई सहजता पुग्नेमा बैंक विश्वस्त रहेको जनाएको छ ।
होटेल ल्याण्डमार्कमा पनि आकर्षक छुट

कुमारी बैंक र होटेल ल्याण्डमार्कका बिच पनि विभिन्न सेवा सुविधाहरुमा छूट प्रावधान सम्बन्धी सम्झौता भएको छ । सो सम्झौता पश्चात् कुमारी बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरु सेवाग्राहीहरूले होटेल ल्याण्डमार्क अन्तर्गतका दरबारमार्ग, चितवन, पोखरा स्थित विभिन्न होटेल र रिसोर्टहरूको साधारण रूम शुल्कमा ३०%, विशेष प्याकेजहरुमा ५%, खानपानमा १५% सम्मको छुट पाउने छन । त्यस्तै सोही होटेल/रिसोर्टहरूका अतिरिक्त मनोरञ्जनात्मक क्रियाकलापहरुमा पनि विविध सहुलियत प्राप्त गर्न सक्नेछन् ।
होटेल ल्याण्डमार्क अन्तर्गतका दरबारमार्ग, चितवन, पोखरा स्थित विभिन्न होटेल र रिसोर्टहरूको साधारण रूम शुल्कमा ३०%, विशेष प्याकेजहरुमा ५%, खानपानमा १५% सम्मको छुट पाउने छन ।
उक्त सम्झौता पत्रमा बैंकका बजार व्यवस्थापन प्रमुख नवीनमुनि बज्राचार्य र होटेल ल्याण्डमार्कका उपाध्यक्ष श्री शरद प्रधानले हस्ताक्षर गरेका छन् । सो सहकार्यले कुमारी बैंकका ग्राहकहरुको यस समूह अन्तर्गतका होटेल, रिसोर्ट तथा रेष्टुरेन्ट तर्फ आकर्षण बढ्ने तथा सोही होटेल बसाई, खानपानआदिमा बैंकका ग्राहकवर्गलाई सहजता पुग्नेमा बैंक विश्वस्त रहेको जनाएको छ ।
विगत २० वर्षदेखि निरन्तर सेवा दिईरहेको कुमारी बैंकले आफ्ना १८१ शाखा संजाल, १३९ एटिएम, २२ शाखारहित बैंकिङ्गइकाईहरू मार्फत आगामी दिनहरुमा पनि ग्राहकको सन्तुष्टि सहित अत्याधुनिक एवं प्रभावकारी बैंकिङ्ग सेवासुविधाहरु दिँदै जाने प्रतिबद्धता जनाएको छ ।
वि.सं.२०७७ असोज २० मंगलवार ०५:५० मा प्रकाशित





























