मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अवसर प्राप्त भए पनि समयको महत्त्व नबुझ्नाले पछि परिनेछ। अरूको आलोचना गर्दा आफैंलाई हानि हुनेछ । असंयम व्यवहारले सहयोगीहरू टाढिन सक्छन्। अध्ययनमा धेरै समय दिन नसकिएला । आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली–व्यवहारमा सजग रहनुपर्ला । शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला । व्यापारमा केही लाभांश मिल्नेछ ।
वृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आँटले काम लिन नसक्दा व्यवहारमा पछि परिनेछ । अरूको मुख ताक्ने बानीले पनि काम अधुरो रहनेछ। आगन्तुकहरूले अलमल्याउने हुँदा काममा समय दिन नसकिएल ा। तापनि विगतका कमजोरीलाई सुधार गर्ने मौका पाइनेछ । बुद्धिको उपयोगले ढिलै भए पनि काम बन्न सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला । विश्वासपात्रमाथि शंका जाग्न सक्छ ।
मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
आफ्नै बेहोसीले नोक्सान पुर्याउन सक्छ । बलजफ्तीले पनि बाधा पुर्याउनेछ । घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ । होसियारीसाथ काममा जुट्नुहोला । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम सम्पादन हुन सक्छ । टाढाका साथीभाइले काममा साथ दिनेछन् ।
कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ । चल–अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका प्राप्त हुनेछ ।
सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मिहिनेत परे पनि तारिफयोग्य कामको चर्चा हुनेछ । अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। तापनि कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनेछ । मिहिनेतले आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । दाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक दायित्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ ।
कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रतिकूल परिस्थितिले चिन्ता बढाउन सक्छ । अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। तापनि, विगतका कमजोरीमा क्रमशः सुधार आउनेछ । लगनशीलताले उपलब्धि हातलागी हुनेछ। काम पूरा नभए पनि प्रयत्न गर्दा केही लाभ हुनेछ । सामुदायिक जिम्मेवारी वहन गर्ने समय छ । चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हातपार्न सकिनेछ ।
तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते
अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ । परिस्तिथिवश काममा ढिलासुस्ती हुन सक्छ। तापनि, मिहिनेत गर्दा काम बनाउन सकिनेछ । विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । विगतका कमजोरीमा क्रमशः सुधार आउनेछ। लगनशीलताले उपलब्धि हातलागी हुनेछ । काम पूरा नभए पनि केही लाभ हुनेछ ।
वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु
केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । अवसरभित्र अधिकार खोज्ने प्रवृत्तिले समस्या निम्त्याउनेछ । सुझबुझका साथ काम लिन नसक्दा पछि परिएला । शुभचिन्तकहरूको सद्भाव कायम राख्न सजग रहनुपर्नेछ । पहिलेका कामबाट सामान्य फाइदा भइरहनेछ । व्यापारमा सेवाग्राहीहरूको मन जित्ने प्रयत्न गर्नुहोला । यात्रा गर्दा धनमाल सुरक्षामा ध्यान दिनुहोला ।
धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ । चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। ईर्ष्या गर्नेहरूले हार खानेछन् । व्यापारलगायत अर्थ लाभ हुने योजना प्रारम्भ हुनेछ । मिहिनेत गर्दा उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । दिगो काम थालनी हुनेछ । पछिका लागि सकारात्मक संकेत प्राप्त हुनेछ ।
मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अवसरले पछ्याए पनि परिस्थिति संघर्षमय रहनेछ । प्रतीक्षित नतिजा कमजोर देखिनेछ । दिगो कामलाई केही समय पर्खनुपर्ला । पहिलेका सहयोगीहरू पछि हट्नाले कामको चाप बढ्नेछ । बलभन्दा बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला । अध्ययनमा समय दिन नसकिएला । विवादास्पद जिम्मेवारी आउन सक्छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्नेछ ।
कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द
परिस्थिति आफ्नै लागि प्रतिकूल रहला । हडबडीले काम बिग्रनेछ भने सानो गल्तीले काम दोहोर्याउनुपर्ला । बेसुरको व्यवहारले समस्या निम्त्याउनेछ । महत्त्वाकांक्षी योजनामा आफ्नैले बाधा पुर्याउलान् । निर्णायक मोडमा दुविधा हुने हुँदा हतारमा निर्णय नलिनुहोला । हिस्सेदारसँग असमझदारी बढ्नाले सम्झौता भंग हुन सक्छ । गोपनीयतामा सावधान रहनुहोला ।
मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
परिस्थितिवश चिताएको काम रोकिन सक्छ । आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । व्यवसायमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्ला । व्यवसायभन्दा सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ । तत्काल ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला ।
वि.सं. २०७७ असोज २० मंगलवार इ.स. २०२० अक्टोबर ६
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४
तपाईको आज (सोमबार) को राशिफल, हेर्नुहोस् आज कुन राशिकालाई छ त फाइदा ?
वि.सं.२०७७ असोज २० मंगलवार ०७:३२ मा प्रकाशित






























