back
CTIZAN AD

बागलुङ समाज जापानको अध्यक्षमा प्रेम कंडेल सर्वसम्मत

वि.सं.२०७७ असोज २० मंगलवार

702 

shares

असोज २० । बागलुङ समाज जापानको तेश्रो अधिवेशन नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । अक्टोबर ४ मा सम्पन्न सो अधिवेशनले प्रेम कंडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

बागलुङ समाज जापानका संरक्षक तथा तथा अन्तर्राष्ट्रिय बागलुङ समाज, बिधान समितीका संयोजक बेलुकाजी थापा संयोजक रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति घोषणा गरेको हो ।

सो कार्यसमितिको उपाध्यक्षमा प्रेम आचार्य, कृष्णगंगा सुवेदी, यम कान्त कडेल, बिरोध चालिसे र गुरूप्रसाद सापकोटा रहेका छन् । त्यस्तै महासचिवमा राजु केसी, सचिवमा सुनिता श्रीस र शोभा केसी, कोषाध्यक्षमा बिष्णु सापकोटा, सहकोषाध्यक्षमा भूपेन्द्र सापकोटा, प्रवक्तामा चेतन पौडेल, बिना खड्का (महिला संयोजक) र बसन्त आचार्य (युवा संयोजक) निर्विरोध चयन भएका छन् ।

समितिको सदस्यमा टिएन घिमिरे, सुजन शर्मा, प्रवेश खत्री, मीना पुन, शुजाता कार्की, कृष्ण प्रसाद कंडेल, अर्जुन सुवेदी, अनील कुमार निर्दोष, टेक बहादुर केसी, प्रकाश कंडेल, दीपक कंडेल, बसन्त थापा, लक्ष्मी केसी, गंगा कडेल, सन्जय छन्त्याल, गोविन्द पौडेल र केशब सुवेदी निर्वाचित भएका छन् ।

वि.सं.२०७७ असोज २० मंगलवार ०९:५१ मा प्रकाशित