back
CTIZAN AD

सामाजिक रुपान्तरणका लागि पैरवी गर्दै मुगुका अजबहादुर शाही

वि.सं.२०७७ असोज २० मंगलवार

1.4K 

shares

मुगुका सामाजिक अभियान्ता अजबहादुर शाही बिगत १६ बर्षदेखि बालबिबाह न्यूनिकरण सम्बन्धी जनचेतनामुलक पैरवी गर्दै आएका छन् । स्नात्तकतह अध्ययन गरेका शाहीले कर्णाली ग्रामिण उत्थान तथा समाज बिकास केन्द्र संस्थामार्फत् मुगुका गाउँ बस्तीमा बालबिबाह न्यूनिकरण अभियान संचालनमा बिशेष जोड दिएका छन् ।
बालबिबाह न्यूनिकरणका विषयमा कामगर्दै आएका उनै साहीसँग मुगुस्थित संसारन्यूज संवाददाताले गरेको कुराकानी

मुगुमा बाबिबाहको अबस्था कस्तो छ ?
यकिन तथ्याङ्क छैन । देशैभरीको तथ्यांक हेर्दा मुगुमा बालबिबाह गर्नेको संख्या अधिक मात्रामा छ । बालबिबाह न्यूनिकरणको निम्ति सरकारी तथा गैसस निकायले पहल गरिरहेका छन् । तर पनि मुगुको सन्दर्भमा न्यूनिकरण भएको देखिदैन ।

तपाईको बिचारमा बालबिबाह किन हुन्छ जस्तो लाग्छ ?
बालबिबाह हुनुको पहिलो कारण गरिबी हो । घरमा खान लगाउन नपुगेपछि चाडो बिहे गर्नुपर्छ भन्ने सोच राखेको पाइन्छ । दोश्रो कारण जनचेतनाको पनि त्यत्तिकै कमी छ । घरायसी कामकाज र पुख्र्यौली चलन चल्ती पनि बालबिबाहका तेश्रो कारण हुनु । मुगुमा त १४ बर्षदेखि १७ पुगेरमै बिबाह बन्धनमा बाँधिने गरेको पाइन्छ ।

बालबिबाह न्यूनिकरणका खास समस्या के हुन् ?
जनचेतना अभाव, बालअधिकारको बिषयमा अज्ञानता, कानुनी रुपमा जानकारी नहुनु नै समस्या हो । अर्कोतिर यसमा आमाबाबु मुख्य जिम्मेवारी हुनुपर्ने हो तर देखिदैन । कतिपय बस्तीमा आमा बाबुले नै कलिलो उमेरमै छोराछोरीको बिबाह गरिदिएको पाइन्छ । साथै २० बर्ष उमेर नपुगि बिबाह गर्दा बिबाह दर्ता नहुने र छिटै छोराछोरी जन्माउँदा जन्म दर्ता गराउन पवनि समस्या देखिएको र विभिन्न सेवा सुबिधाबाट बञ्चित हुनुपर्ने अबस्था पनि त्यत्तिकै आएको छ । अर्कोतर्फ बालबिबाह न्यूनिकरण गर्न स्थानीयतह बढी जिम्मेबारी र अग्रसर हुनुपर्छ ।

बालबिबाह सम्बन्धी कानुनमा कस्तो सजाय तोकिएको छ ?
जानीजानी बालबिबाह गर्नेलाई ३ बर्ष कैद वा ३० हजार जरिवाना तथा दुबै सजाय पनि हुन सक्ने प्रावधान छ । मुगुको सन्दर्भमा बालबिबाह गर्नेलाई कानुनी सजाय हुन सकेकोछ । कानुनले त प्रमाण खोज्ने हो । बिना प्रमाण कसरी बालबिबाह भन्ने ।

तपाईको संस्थाले सुरक्षित गर्भपतन सम्बन्धी पनि काम गर्दै आएको छ नि ?
हाम्रो यो संस्थाले आइपासको सहयोग सुरक्षित गर्भपतन सम्बन्धी जनचेतनामुलक कार्य गरेको छ । छायाँनाथ रारा नगरपालिका, सोरु खत्याड मुगुम कार्मारोङ गाउँपालिकाको बस्तीस्तरमा सुरक्षित गर्भपतन सम्बन्धी जनचेतना बाड्ने काम गरेका छौ । संचारमाध्यममार्फत पनि सुरक्षित गर्भपतन सम्बन्धी जनचेतना फैलाउने काम भएको छ । साथै बैबाहिक समानता सुरक्षित गर्भपतन, बृहत्त योनीकता शिक्षा सम्बन्धी १४ वटा वडास्तरमा जनचेतनाका कार्य गर्ने तथा रेडियोमार्फत् यौन तथा प्रजनन स्वास्थ्य अधिकारका विषयमा जनचेतना प्रवाह गरिरहेका छौं ।

सुरक्षित गर्भपतन सम्बन्धी नीतिगत रुपमा पैरवी गर्नु भएको छ र ?
प्रचलीत कानुन बमोजिम सुरक्षित गर्भपतन सेवालाई गुणस्तरीय बनाई सरोकारवालासंग समन्वय गरि लैंगिक प्राथमिकताका आधारमा गरिने गर्भपतनलाई पूर्णरुपमा निरुत्साहित गरिनुपर्छ भन्ने विषयमा कर्णाली प्रदेश स्वास्थ्यमा नीतिगत निर्णय गराउन हामी सफल भएका छौ ।

तपाईले गरेका अन्य राम्रा कामहरु के हुन् ?
बालबिबाह सम्बन्धी नीतिगत रुपमा वकालत गर्ने काम गरेका छौ । अर्को कर्णाली प्रदेशको लोकप्रिय देउडा सांस्कृति संरक्षण प्रर्बधनको लागि युवा देउडा रनिङ्ग शिल्ड प्रतियोगित पनि संचालन गर्दै आएका छौ । अनि बिश्वमै नभएको खेल नेपालमा छ त्यो हो ‘गोर्खा पोल ब्रेक’ यसमा म केन्द्रीय उपाध्यक्ष पनि हु । यो खेल प्रतियोगिता कुनै न कुनै किसिमले मुगुको रारामा गराउन सक्छौ भन्ने उदेश्य हामीले राखेका छौ ।

 

वि.सं.२०७७ असोज २० मंगलवार १०:०९ मा प्रकाशित

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

रुकुमपूर्व । भारी वर्षाका कारण पहिरो खसेर पुष्पलाल (मध्यपहाडी) राजमार्गका...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

कर्णाली । नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका...

ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन

ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले खाना पकाउने...