काठमाडौं । भारत सरकारले फिल्म हल खुल्ला गर्ने तयारी गरेको छ । सरकारले आगामी अक्टुबर १५ देखि खुल्ला गर्ने तयारी गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
जनाइएअनुसार स्वास्थ्य मापदण्डलाई पालना गर्दै ५० प्रतिशत सिटमा फिल्म हल खोल्न पाईनेछ । गत ७ महिनादेखि काेराेना महामारीका कारण भारतभर फिल्म हल बन्द भएका थिए ।
के छ मापदण्ड ?
जनाइएअनुसार प्रत्येक शोपश्चात पुरै हलवालाले हललाई पुरै स्यानिटाइजर गर्नुपर्नेछ । मास्क विना कसैलाई पनि हलमा इन्ट्री दिन पाइने छैन् । प्रत्येक दर्शको तथ्यांक स्पष्ट गर्नुपर्नेछ ।
हलले फिल्मको टिकट बुकिङ्ग सकेसम्म अनलाईनबाट नै गर्नुपर्नेछ । टिकट बुकिङ्गमा भीड गराउन पाईने छैन् ।
साथै कोरोना सचेतनाका लागि फिल्म हलवालले फिल्मको सूरुवातमा र मध्यमा पनि कोरोनासम्बन्धी सचेतनामुलक जानकारी अनिवार्य दिनुपर्नेछ ।
भारत सरकारले कोरोना सचेतनाको लागि पनि फिल्म हल खुलाउने निर्णय गरेको जनाएको छ ।
वि.सं.२०७७ असोज २० मंगलवार १५:०६ मा प्रकाशित




























