back
CTIZAN AD

संघीयता कार्यान्वयनको कार्यमा अर्को ईँट्टा थपिएको छ –महरा

वि.सं.२०७७ असोज २० मंगलवार

675 

shares

२० असोज, काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महराले संघीयता कार्यान्वयनको कार्यमा अर्को ईँट्टा थपिएको बताएका छन् ।

प्रदेश सभाबाट प्रदेश नं ५ को स्थायी राजधानी राप्ती उपत्यका देउखुरी र प्रदेशको नाम लुम्बिनी राख्ने प्रदेश सरकारको प्रस्ताव दुई तिहाई बहुमतबाट पारित भएको खुसीको अवसरमा लुम्बिनी प्रदेशबासीमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै सो कुरा बताएका हुन् ।

संघीयताको मर्मअनुसार भौगोलिक हिसाबले सबैको पायक पर्ने क्षेत्र दाङदेउखुरीको राप्ती उपत्यकामा राजधानी र विश्वमै नेपालको पहिचान दिने शान्तिका अग्रदूत गौतम बुद्धको पहिचानसँग जोडिएको लुम्बिनीलाई प्रदेशको नाम तोकिएको दिनलाई ऐतिहासिक समेत भनेका छन् ।

उनले शुभकामना विज्ञप्तिमा भनेका छन् :

“प्रदेश सभाबाट प्रदेश नं ५ को स्थायी राजधानी राप्ती उपत्यका देउखुरी र प्रदेशको नाम लुम्बिनी राख्ने प्रदेश सरकारको प्रस्ताव दुई तिहाई बहुमतबाट पारित भएको छ । यस खुसीको अवसरमा लुम्बिनी प्रदेशबासी समस्त दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।

प्रदेशको स्थायी राजधानी र प्रदेशको नामकरणका लागि मतदान गर्नुहुने सम्पूर्ण प्रदेश सभा सदस्यहरु, प्रदेशको राजधानी र नामका लागि आवश्यक पहलकदमी लिने सम्पूर्ण राजनीतिक नेतागण सबैलाई हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दछु ।

संघीयताको मर्म भनेकै आम नागरिकलाई राज्यको सेवा सुविधा र स्रोत साधन सहज रुपमा वितरण गर्नु हो । प्रदेश ५ को स्थायी राजधानी भौगोलिक रुपमा सबैलाई पायक पर्ने र बीच भागमा पर्ने दाङदेउखुरीमा राख्नुपर्दछ भनेर हामीले लामो समयदेखि भन्दै आएका थियौं । देशलाई ७ प्रदेशमा विभाजन गरी प्रदेशका अस्थायी राजधानी तोक्दा नै हामीले प्रदेश ५ को राजधानी दाङमा तोक्न पटक पटक आग्रह गरेका थियौं ।

तर, त्यतिबेलाको सरकारले हाम्रो कुरै नसुनी प्रदेशको एक छेऊमा अस्थायी राजधानी तोकेर विवादको वीउ रोप्ने काम भएको थियो । प्रदेश सभाबाट प्रदेशको नाम र स्थायी राजधानी पारित भएसँगै संघीयता कार्यान्वयनको कार्यमा अर्को ईँट्टा थपिएको छ । प्रदेश सभाले पारित गरेको निर्णयलाई तत्काल कार्यान्वयन गर्ने र स्थायी राजधानी तोकिएको स्थानमा स्थायी संरचना बनाउँदा दीर्घकालीन सोंचअनुसार निर्माण गर्नतर्फ संघ तथा प्रदेश सरकारले विशेष ध्यान दिनेछ भन्ने मैले विश्वास लिएको छु ।

संघीयताको मर्मअनुसार भौगोलिक हिसाबले सबैको पायक पर्ने क्षेत्र दाङदेउखुरीको राप्ती उपत्यकामा राजधानी र विश्वमै नेपालको पहिचान दिने शान्तिका अग्रदूत गौतम बुद्धको पहिचानसँग जोडिएको लुम्बिनीलाई प्रदेशको नाम तोकिएको यस ऐतिहासिक दिनको अवसरमा पुनः यहाँहरु सबैलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।”

वि.सं.२०७७ असोज २० मंगलवार १७:३० मा प्रकाशित

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...

‘सफा सहर’को साख जोगाउन कठिन

‘सफा सहर’को साख जोगाउन कठिन

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–१५ का स्थानीय विनोद राई भन्छन्,...