back
CTIZAN AD

अमेरिकी दूतावास भन्छ-भिसा नीतिमा कुनैपनि परिवर्तन भएको छैन

वि.सं.२०७७ असोज २१ बुधवार

810 

shares

२१ असोज, काठमाडौं । अमेरिकी दूतावासले अमेरिकी भिसा नीतिका सम्बन्धमा संचारमाध्यममा आएको भ्रामक सूचनाका सम्बन्धमा ध्यानाकर्षण भएको जनाउँदै भिसा नीतिमा कुनै परिवर्तन नभएको जनाएको छ ।

दूतावासले दशकौ पुरानो कम्युनिष्ट पार्टी या निरंकुश राज्यहरुबाट अमेरिका आप्रवाशन हुने प्रावधानहरुमा पनि कुनै परिवर्तन नआएको बताएको छ ।

दूतावासले मंगलबार राति यसबारेमा सूचना जारी गर्दै भनेको छ,
‘अमेरिकी भिसाका सम्बन्धमा पछिल्ला दिनमा प्रकासित केही भ्रामक सूचनाहरूका सम्बन्धमा दूतावासको ध्यानाकर्षण भएको छ । हामी के स्पष्ट पार्न चाहन्छौं भने नीतिहरू वा दशकौं पुरानो कम्युनिष्ट पार्टी या निरंकुश राज्यहरूबाट अमेरिकामा आप्रवासन हुने प्रावधानहरूमा कुनै पनि परिवर्तन गरिएको छैन । त्यसैगरी यसले नेपाल कम्युनिष्ट पार्टीका सदस्यहरूको अमेरिका आप्रवासनमा आफसेआफ रोक लगाउने भन्ने होइन किनभने अमेरिकी भिसासम्बन्धी निर्णय हरेक भिसा आवेदकहरूको आवेदनका आधारमा गरिन्छ ।

अमेरिकी नागरिक तथा आप्रवासन सेवाले हालसालै प्रशासनिक निर्देशिका जारी गरेको हो–खासमा एक सूचनामुलक जानकारी-र यो अमेरिकामै रहनुभएका आप्रवासीहरूको आवेदनमा काम गरेरहनुभएका (ग्क्ऋक्ष्क्) अधिकृतहरूको लागि हो । यससम्बन्धी समाचारहरूले भ्रम पैदा गरेका छन् । सन् १९५२ मा अमेरिकी कङ्ग्रेसले आप्रवासन तथा नागरिकता ऐन पारित गरेको थियो, जसले कुनै कम्युनिष्ट वा अधिनायकवादी पार्टीहरूसँगको संलग्नता अथवा सदस्यता भएका व्यक्तिहरूलाई अमेरिका आप्रवासनमा रोक लगाएको थियो ।

यो कानूनमा धेरै अपवाद र छूटको व्यवस्था गरिएको छ, जसले अन्य तवरले योग्य पार्टी सदस्यहरूलाई अमेरिका आप्रवासनको अनुमति दिन्छ । साथै यस् कानून अस्थायी रूपमा वा गैरआप्रवासन प्रयोजनको लागि अमेरिका भ्रमण गर्न चाहनुहुने व्यक्तिहरूलाई कुनै असर गर्दैन । विचार या पृष्ठभूमिमा विविधता भएका आवेदकहरूलाई हामी सधैं स्वागत गर्दछौं । हामी नेपालको बहुदलीय लोकतन्त्रको सम्मान गर्दछौं तथा ७३ बर्षदेखि झैं निरन्तर रूपमा नेपालको निर्वाचित सरकार र यहाँका जनतासँग गर्दै आएझैं लोकतन्त्रको थप सुदृढिकरणका लागि काम गरीररहने प्रतिवद्धता पनि दोहोर्याउन चाहन्छौं ।’

मंगलबार नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले अमेरिकी नीतिले कुनैपनि पार्टीको स्वेच्छाले सदस्य बन्न पाउने अधिकार र लोकतन्त्रको खिल्ली उडाएको भन्ने अभिव्यक्ति सामाजिक संजालमार्फत् दिएका थिए  त्यसको केही समयपछि बेलुका दूतावासले यस्तो सूचना जारी गरेको हो ।

https://www.facebook.com/nepal.usembassy/posts/3289887601048276

 

वि.सं.२०७७ असोज २१ बुधवार ०९:०५ मा प्रकाशित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

रुपनी जिएम, जानकी (बाँके)। पर्याप्त वर्षा नहुँदा पनि सिक्टा सिँचाइ आयोजनाबाट...

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

भक्तपुर । डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

काठमाडाैँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नागरिकता कार्यान्वयनमा गम्भीर...