कार्ल मार्क्सलाई लगभग विश्वका सबै प्रमुख भाषाको ज्ञान थियो। उनले दास क्यापिटल लेख्दा उल्लेख गरेका रिफरेन्स सामाग्री सूचि हेर्दा नै मान्छे अवाक् पर्थे भनिन्थ्यो। उनले पढेको सम्वन्धित महत्वपूर्ण तत्कालिन विश्वमा कुनै साहित्य छुटेको थिएन भनिन्थ्यो ।
अधिकांश संस्कृत भाषाको विरोध गर्नेहरू परायाले मतिभ्रष्ट पारिएका अभिशप्त जमात हुन् । तिनका न कुनै गरिमामय ईतिहास छ, न यही मति कायम रहिरहे भविष्यमा हुनेछ । दुनियामा सबै प्राचीन समृद्ध भाषामा साहित्य, विज्ञान, कला, दर्शन, अध्यात्म, संस्कृति जस्ता ज्ञान समाहित भएको हुन्छ । भाषाको अध्ययन गरे पो तिनको लाभ लिई प्रबुद्ध भईन्छ। जसको ईतिहॉस गरिमामय छैन वा जसले आफ्नै ईतिहासलाई दुत्कार्छ ती समाजमा पनि स्वतस् दुत्कारिदै पहिचानबिहीन हुँदै गएका हुन्छन् । तिनलाई विश्वका अन्य समाजले सम्मान पनि गर्दैन । हिङ नभए पनि हिङ राखेको टालो हुनुपर्छ । अरे बाबा ! शास्त्रमा लेखिएका कुराको आलोचना गर्न मिल्छ तर भाषाकै बिरोध गर्नेहरूको मति झन् कस्तो हुदो हो, म यदाकदा गम्ने गर्छु ! तिनका न टेक्ने भुईं , न ओतलाग्ने छाना हुदो हो !
संस्कृतका विषद शास्त्रहरूको अध्ययन गुरूको सहारामा गर्नुपर्छ। यसो नगरेमा तिनको मगज सड्किन सक्छ, तिनले शास्त्रलाई नै दुत्कार्दै मूर्ख सिद्ध हुन सक्छन् । यसका लागि संस्कृतका महान टिप्पणीकार वा भाष्यकारको मात्र सहारा लिनु ठिक हुन्छ । संस्कृत साहित्य अकसर छन्द र सूत्रमा हुने हुनाले सतर्क हुनुपर्छ । सुरूमा विवेकानन्दको ब्याख्यानको सहारा लिनु उपयुक्त हुन्छ।
अरू भाषाको तुलनामा नेपालीलाई संस्कृत सिक्न सजिलो हुन्छ । हामीले प्रयोग गर्ने ५० प्रतिशत शब्दहरू संस्कतबाटै आएका छन् अथवा संस्कृतका ५० प्रतिशत शब्द दैनिक प्रयोग गरिरहेका छौं । संस्कृत भाषामार्फत सृजित बिज्ञान, साहित्य र दर्शनको रसस्वादन गर्नबाट अहिलेको र भावी पुस्ता बन्चित हुन हुदैन।
संस्कृका विद्वानहरू पनि एकले अर्काको भाषा साहित्यको खुबै आलोचना गर्ने गर्थे । ‘वादे वादे जयते तत्वबोध’ संस्कृत तत्वबोध गर्ने प्रकृया नै हो । भतृहरि र चार्वाक जस्ता ऋषिमुनिका लेखन पढे बुझ्न सकिन्छ । तर शास्त्रास्त्रबाट जो विजयी भयो अर्काले आत्माबाट स्वीकार्ने गर्थे । शास्त्रमा वादबिवाद गर्न यसका निम्ति सभा लाग्थ्यो ।
शास्त्रीय डान्स वा नाट्य शास्त्रका पिता भरतमुनि हुन् । उनले डान्स के कसरी गर्ने यसबारेको शास्त्र लेखेका थिए भने बात्सायनले यौनबिज्ञान कामशास्त्र लेखेका हुन् । यी दुबै संस्कृतका मुर्धण्य विद्वान थिए ।
संस्कृत भाषालाइ गिर्वाणी वा देवभाषा पनि भनिन्छ । संस्कृत मन नपर्ने, यसको बिरोध गर्ने वा यसलाई घृणा गर्नेलाई झन् संस्कृत भाषा सिकेर संस्कृत साहित्य पढेर बुझेर आफ्नो बमनलाई अझ गन्हाउने पार्ने क्षमता तिखार्नु लाभ हुन्छ। सकिन्छ भने संस्कृत भाषामै लेखेर बोलेर उछित्तो काटे हुन्छ । संस्कृत अरू भाषा जस्तै एक परिस्कृत , बैज्ञानिक प्राचीन तर अत्याधुनिक अभिव्यक्तिमैत्री भाषा न हो । कुरा नबुझी कौवाले कान लग्यो भनेर कौवाको पछि दगुर्ने र अरूले के के बके त्यसलाई पढेर उद्दरण गर्नेहरू सेकेन्ड ह्याण्ड बमनकर्ता मात्र सिद्ध हुन्। ती बरू फर्स्टह्याण्ड बमनकर्ता बने हुने।
कार्ल मार्क्सलाई लगभग विश्वका सबै प्रमुख भाषाको ज्ञान थियो। उनले दास क्यापिटल लेख्दा उल्लेख गरेका रिफरेन्स सामाग्री सूचि हेर्दा नै मान्छे अवाक् पर्थे भनिन्थ्यो। उनले पढेको सम्वन्धित महत्वपूर्ण तत्कालिन विश्वमा कुनै साहित्य छुटेको थिएन भनिन्थ्यो ।
संस्कृत जिवन जिउने भाषा पनि हो । आयुर्वेद आरोग्यबिज्ञान हो । जुन खाने वा पिउने कुरामा जति धेरै पानी हुन्छ त्यति बढी श्रद्धा, सम्मान र माया दर्शाई नमस्कार वा निधारमा ढोगेर खानुपर्छ भन्ने वैदिक शास्त्रीय ज्ञानलाई हालका बैज्ञानिक खोजले पुनर्पुष्टि गर्न थालेको छ । जिवनलाई उर्जाशील र स्वस्थ राख्न पानी सही तरिकाको, सही प्रकृयाले पिउनु खानुपर्छ । किनभने पानीमा स्मरण हुन्छ र सही स्मरण भएको वा पारिएको पानी मात्र पिउनुपर्छ । जर्मनी र जापानमा गरिएका अनुसंधानले पानीमा पनि जिवमा जस्तै स्मरण शक्ति र स्मरण हुन्छ भनेर प्रमाणित गरेको छ ।
सनातन धर्मले जबसम्म तपाईं आफै बोध गर्नुहुन्न कुनै कुरालाई पनि बिश्वास नगर्नू भनेको छ । त्यसैले आत्मबोध जीवनको लक्ष हो, मोक्ष भनेको आत्मबोध हो । अरू कुरा जिवन चलाउनेसम्म हुन्, जीवनको आनन्द आत्मबोध हो । संस्कृतले जिवनबोध र आत्मबोध गराउन मद्दत गरिरहन्छ।
नेपाल देवभूमि वा अध्यात्म शक्तिभूमि हो। नेपाल अध्यात्मिक साधनाका निम्ति अनुकूल भूगोल हो। ऋषिमुनि र योगीहरू नेपाल आएर तप, ध्यान, साधना गरेर आध्यात्मिक समृद्ध बनेका इतिहास छ। तर, नेपालीहरू भने त्यति आध्यात्मिक हैनन्, कर्म काण्डीय र उत्सवप्रेमी छन्। विगत ६,७ दशक देखि नेपालमा यही आध्यात्मिक भूगोलसंग भौतिक लक्षका नाममा युद्ध भैरहैको छ, जो लडाईं लडेर कहिल्यै विजयी नभएको अवस्थामा छ, समय बर्बाद भइरहेको देखिन्छ।
अध्यात्मिक भूमिमा भौतिक लक्ष प्राप्तिका क्रियाकलापहरूको सामन्जस्य नभएसम्म यो मुलुक र यहॉका जनताले कहिले सुख समृ्द्धि पाउने र खुशी हुने हुदैन, दुस्ख पाईरहनु स्वाभाविक छ।
तसर्थ, भौतिक उपलव्धीकै निम्ति पनि यहॉको आध्यात्मिक भूगोलसंग द्वन्दको अन्त्य गर्नजरूरी छ( यसरी मात्र नेपाल छिटो समृद्ध हुनेछ। किनभने प्रकृतिसंग द्वन्द गर्ने मानिसको क्रियाकलापले हार खाईरहन्छ। आध्यात्मिक भूमिमा गरिने सबै क्रियाकलाप परिपूरक र समपूरक हुनैपर्छ, खण्डनउन्मूख कदापि हुनै हुदैन।
बौद्धित अपाङ बन्ने कि संस्कृत जस्तो श्रीखण्डको महत्वको आत्मबोध गरेर आनन्दित हुने, स्वयंमा भरपर्छ, स्वयं जिम्मेवार हुन्छ।
वि.सं.२०७७ असोज २१ बुधवार १०:५६ मा प्रकाशित






























