२१ असोज, काठमाडौँ । रोयल च्यालेन्जर्स बेङ्गलोरका कप्तान विराट कोहली र दिल्ली क्यापिट्ल्सका कप्तान श्रेयस अय्यर पछि राजिस्थान रोयल्सका कप्तान स्टीवन स्मिथलाई पनि आईपिएलको १२ लाख (भारु) जरिवाना तिराउने भएको छ ।
हिजो मुम्बई विरुद्ध भएको खेलमा टस हारेर पहिले बलिङ्ग गरेको राजिस्थानले आफ्नो २० ओभर पुरा गर्नको लागि तोकिएको समय भन्दा बढि समय लिए थियो । त्यहीँ स्लो-ओभर रोटको कारणले गर्दा राजिस्थानका कप्तान स्टीवन स्मीथले आईपिएलाई १२ लाख (भारु) जरिवाना तिर्नु पर्ने भएको हो ।
हिजो भएको खेलमा राजिस्थान मुम्बईसँग ५७ रनले पराजित भएको थियो । स्टीवन स्मिथको कप्तानीमा रहेको राजिस्थान रोयल्सले यस आईपिएलमा ५ खेलबाट ४ अकं जोड्दैँ अकं तालिकाको सातौँ स्थानमा रहेको छ ।
वि.सं.२०७७ असोज २१ बुधवार १२:०२ मा प्रकाशित




























