back
CTIZAN AD

पोषण र सिकाई उपलब्धिको लागि बालबालिकाको घरघरमा दिवा खाजा

वि.सं.२०७७ असोज २१ बुधवार

1.1K 

shares

२१ असोन, जाजरकोट । कोभिड–१९ का कारण विद्यालय बन्द भएको समयमा पनि घरघरमा दिवा खाजा पु¥याएर बालबालिकालाई पोषिलो खाना उपलव्ध गराएको छ ।

जिल्लाका २०२ आधारभूत विद्यालयमा कार्यरत २५ हजार ४५० बालबालिकाले दिवा खाजा खाँदै आएका छन् । विसं २०५४ देखि जाजरकोटमा नेपाल सरकार र विश्व खाद्य कार्यक्रमद्वारा यो दिवा खाजा विद्यार्थीलाई उपलव्ध हुँदै आएको छ । कोरोनाको प्रभाव नभएको अवस्थामा विद्यालयमा उपलव्ध हुँदै आएको दिवा खाजा अहिले कोभिड–१९ का कारण विद्यार्थीको घरघरमा पु¥याएर व्यवस्थापन गरिएको छ ।

जिल्लाका पश्चिम थलह मुख्य गोदामबाट पजारु, स्याला, सानाखोला, देउसुले, तापुचौरलगायत सब डिपोमा ल्याई त्यहाँबाट विद्यालयमा पठाउँदै आइएको छ । त्यस्तै पूर्वको छेप्का मुख्य गोदामबाट सब डिपोहरु कैना, चोखा, लैलख र लिम्सामा खाद्यान्न ढुवानी गरी विद्यालयमा वितरण गरिँदै आएको छ । यो कार्यक्रमअन्तर्गत प्रतिविद्यार्थी ८० ग्राम चामल, २० ग्राम दाल, १० ग्राम तेल, दुई ग्राम नून वितरण गर्दै आएको थियो ।

कोभिड–१९ का कारण ‘घरै बसौँ, खाउ’ भन्ने नाराका साथ शिक्षाका लागि खाद्य कार्यक्रम एकाइबाट साउनदेखि असोजसम्म प्रतिव्यक्ति साढे ६ केजी चामल, डेढ केजी दाल, १ केजी नून वितरण गरिएको शिक्षाका लागि खाद्य कार्यक्रम जाजरकोटका प्रमुख रवीन्द्रमान सिंह भण्डारीले जानकारी दिएका छन् ।

दिवा खाजा ढुवानी गर्दा जिल्लाको मुख्य गोदामहरुमा विश्व खाद्य कार्यक्रमले ढुवानी गर्दै आएको छ । मुख्य गोदामबाट सब गोदामसम्म नेपाल सरकारले ढुवानी गर्ने व्यवस्था गरिएको छ ।रासस

वि.सं.२०७७ असोज २१ बुधवार १५:३४ मा प्रकाशित

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

मान्म (कालीकोट) । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

‘महिनावारी आराम कक्ष’ स्थापनापछि नियमित विद्यालय आउन थाले किशोरीहरु

‘महिनावारी आराम कक्ष’ स्थापनापछि नियमित विद्यालय आउन थाले किशोरीहरु

मान्म (कालीकोट) । कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा सामुदायिक विद्यालयमा ‘महिनावारी...

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल...

पालिकाद्धारा बीस विद्यालयलाई ल्यापटप वितरण

पालिकाद्धारा बीस विद्यालयलाई ल्यापटप वितरण

सिमकोट (हुम्ला) । जिल्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आफ्ना मातहतमा...