२१ असोज, काठमाडौं ।नेपालमा मनसुनजन्य घटनाका कारण यसवर्ष दशककै सबैभन्दा बढी मानवीय क्षति हुन पुगेको छ । कोरोना कहरका बीच आएको भारी वर्षासँगैको बाढी, पहिरो, डुबान र चट्याङले ठूलो मानवीय क्षति गराएको हो ।
गृहमन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नेपालका ४९ जिल्ला प्राकृतिक विपद्बाट प्रभावित बन्न पुगे । कूल बाढी÷पहिराका मात्रै ५८० घटना भए । प्रारम्भिक विवरणअनुसार कूल ५१४ घरमा क्षति पुगेको जनाइएको छ । सरकारले प्रभावितका लागि झण्डै रु सात करोड राहत वितरण गरेको छ । मुख्यगरी भेल पहिराले ठूलो क्षति पु¥याएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिएका छन।
पहिराले सिन्धुपाल्चोकमा सबैभन्दा बढी क्षति पु¥यायो भने बाढीले बाग्लुङमा बढी क्षति ग¥यो । सिन्धुपाल्चोकमा सबैभन्दा बढी ७२ को मृत्यु भएको छ भने ३९ अझै बेपत्ता छन् । गृहमन्त्रालयले दिएको जानकारीअनुसार यस वर्ष मनसुनजन्य विपद्बाट मुलुकका ४९ जिल्लामा ४०२ ले ज्यान गुमाएका छन्, १०१ जना बेपत्ता रहेका र ४४६ घाइते भएका छन् । प्रारम्भिक प्रतिवेदनअनुसार कूल ५१४ घर क्षति भएको जनाइएको छ ।
त्यसमध्ये पहिराले ठूलो मानवीय क्षति गरायो । वैशाखयता पहिराबाट मात्रै २९५ जनाले ज्यान गुमाए । पहिरामा परेर ६४ बेपत्ता भए भने २२३ जना घाइते भएका छन् । बाढीबाट ४२ को मृत्यु, ३७ बेपत्ता र ११ घाइते भए । यस्तै चट्याङबाट ६५ को मृत्यु र २१२ जना घाइते भएको तथ्याङ्क छ ।
मुख्यगरी गत जेठ ३० बाट नेपालमा मनसुन सक्रिय भएको थियो । अधिकांश घटना मनसुन सक्रिय भएपछि नै भएका छन् । यसपाली यो समयमा औषतभन्दा धेरै वर्षा भएकाले पहिराका घटना बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जेठ ३० पछि अहिलेसम्म विपद्बाट ३६७ को मृत्यु भएको तथा १०० जना हराइरहेका तथ्याङ्क छ । कूल ३२४ जना घाइते भएका छन् । मनसुनपछिको पहिरामा परेर २९३ को मृत्यु, ६४ बेपत्ता र २२२ घाइते भए । बाढीबाट ३९ को मृत्यु, ३६ बेपत्ता र नौ घाइते भए । चट्याङबाट ३५ को मृत्यु र ९३ जना घाइते भएको विवरण छ । विपद् जोखिम व्यवस्थापन विज्ञ कृष्ण देवकोटा पानीको निकासमा भएको अवरोध र वातावरणमैत्री विकास हुन नसक्नु नै विपद्जन्य घटनाको प्रमुख कारण रहेको बताउछन् ।
जताततै डोजरको प्रयोग गर्दा त्यसले बाढी/पहिराको जोखिम बढाएको छ । यस्तै एकै ठाउँमा अतिवृष्टि भएकाले पनि कतिपय भेल पहिरो आएको पाइएको भूगर्भविद्को भनाइ छ । प्राधिकरणका प्रमुख पोखरेल पर्वत, सिन्धुपाल्चोकका केही ठाउँ र अन्य केही जिल्लामा छोटो समयमा एकै ठाउँमा धेरै पानी पर्दा डाँडो नै सोहोरिएर भेल पहिरो खसेको बताउछन् । रासस
वि.सं.२०७७ असोज २१ बुधवार १६:२५ मा प्रकाशित




























