back
CTIZAN AD

सुन छुटेको सम्बन्धमा भन्सारले छानबिन समिति गठन ग¥यो

वि.सं.२०७३ पुस २२ शुक्रवार

873 

shares

२२ पुस,काठमाडौँ  । त्रिभुवन विमानस्थलको भन्सार छलेर ३३ किलो अवैध सुन बाहिरीएको घटनाको सम्बन्धमा भन्सार विभागले छानबिन समिति गठन गरेको छ ।

विभागका उपमहानिर्देशक सुमन दाहालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको अन्तर्राष्ट्रिय विमानस्थलका भन्सार विभाग प्रमुख नारायण सापकोटाले जानकारी दिनुभयो ।

सुन छुटेको अवधिमा कार्यरत उपसचिवदेखि कार्यालय सहयोगीसम्मका २९ कर्मचारीलाई जिम्मेवारविहीन बनाइएको उहाँले बताउनु भयो ।

सापकोटाले भन्नुभयो, “कर्मचारीको मिलेमतो, लापर्बाही वा कमजोरी के कारणले सुन छुट्यो भन्ने छानबिन गरी १० दिनमा प्रतिवेदन बुझाउन समितिलाई जिम्मा दिइएको छ ।” छानबिन समितिमा कुलराज ज्ञवाली, टङ्क पाण्डे, पुण्यविक्रम खड्का, श्रीलाल पौडेल सदस्य हुनुहन्छ ।

त्रिभुवन विमानस्थलको भन्सारबाट छाडिएको ३३ किलो सुनसहित पिङ्गलास्थानबाट तीन जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बिहीबार पक्राउ गरेको थियो । रासस

वि.सं.२०७३ पुस २२ शुक्रवार १५:४८ मा प्रकाशित

बर्खायाममा सडक विस्तारको कामले आवातजावतमा सास्ती

बर्खायाममा सडक विस्तारको कामले आवातजावतमा सास्ती

बागलुङ । बागलुङको ढोरपाटन आउने स्थानीय तथा पर्यटकहरुले आवातजावतमा सास्ती भोग्नुपरेको...

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश दूध उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख बनेको छ...

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

दाङ । सुलोचना शेर्पाको दैनिकी बदलिएको छ । गड्यौला मल...

जलेको कारबाट शव निकालियो

जलेको कारबाट शव निकालियो

काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा आज बिहान एक कारमा...

बालकलाई बचाउने क्रममा अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

बालकलाई बचाउने क्रममा अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

नवलपरासी (पश्चिम) । नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा...

छब्बीस हजार ४४५ मुद्दा फैसला गर्न बाँकी

छब्बीस हजार ४४५ मुद्दा फैसला गर्न बाँकी

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले आर्थिक वर्ष २०८२/८३ मा २६...