back
CTIZAN AD

ओमानमा तमु ल्होसार कार्यक्रम भब्य रूपले सम्पन्न

वि.सं.२०७३ पुस २२ शुक्रवार

948 

shares

oman-ma-tamu-samaj-ko-programme-1

मस्कट, ओमान तमु (गुरुङ) जातिको संस्कृति, भेषभूसा र रीतिरिवाजलाई संरक्षण, सम्बर्धन गर्ने उदेश्यले ओमानमा स्थापना भएको तमु समाज ओमानले ३२२६९औं च्या ल्होसार (नव वर्ष)को अवसरमा ३० डिसेम्बर २०१६, शुक्रवारका दिन एक बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

oman-ma-tamu-samaj-ko-programme-2

मस्कटको रुवि स्थित अलमासा सभाहलमा प्रमुख अतिथि नेपाली राजदूतावास ओमानका सहचारी लालबहादुर अर्यालद्वारा दिप प्रज्वलन गरी उदघाट्न गरिएको सो समारोहको अध्यक्षता तमु समाज ओमानका अध्यक्ष बिजय तमुले गर्नु भएको थियो । नेपाली राष्ट्रीय गान सहित बिकास गुरुङको सञ्चालनमा औपचारिक रूपमा अघि बढेको सो समारोहमा प्रमुख अतिथि अर्यालले सबैलाई ल्होसारको हार्दिक शुभकामना ब्यक्त गर्नु भएको थियो । सो समारोहका अध्यक्ष बिजय तमु ज्यूले आफ्नो ब्यस्त समयका बावजूत पनि उत्साहजनक रुपमा उपस्थिति जनाई कार्यक्रम सफल पार्न सहयोग गरी दिनु हुने सबै नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक धन्यवाद सहित ल्होसारको शुभकामना दिनु भयो । तमु संस्कृति अनुसार प्रल्होका तमु तमुस्योहरुलाई रिपामाला र फेटाक्रमुले विदाई गर्दै च्या ल्होका तमु तमुस्योहरुलाई रिपामाला फेटाक्रमुले स्याई स्याई गर्दै तमुवर्ग चक्र (ल्होकोर) बिशेष पूजासहित नयाँ वर्षलाई स्वागत गरिएको थियो ।
सम्पूर्ण अतिथिहरुलाई तमु चेलीहरुद्वारा खाता, ब्याज र फूलमाला लगाई सत्कार गरिएको थियो । कार्यक्रमका मुख्य आकर्षण ूतक्मे बुढाूको रुपमा चर्चित हास्य कलाकार विल्सन बिक्रम राईले सबै दर्शकहरुलाई चुट्किला, प्रहसन, मुक्तक, गीत तथा नृत्य मार्फत दर्शकहरुलाई पेट मिचीमिची हास्न बाध्य बनाएको थियो । उनले हामि जहाँसुकै रहेपनि मिलि जुलि नेपालीपनको परिचय दिनु पर्ने बताउदै हामी संसारको जुनसुकै ठाँउमा रहेपनि सर्वप्रथम नेपाली भनेर चिनिने भएको हुनाले क्षेत्रीय, जातीय रुपमा भन्दा राष्ट्रियताको भावना र सद्भावलाई उच्च राख्न आफ्ना प्रहसन मार्फत सबैलाई आह्वान गरे । अर्का अतिथि लोकदोहोरी गायक राजु गुरुङले पस्केका आफ्नो साङगितिक केशेलीबाट सम्पूर्ण दर्शकहरुको मन जित्न सफल देखिन्थे भने गायिका भीमु गुरुङ, कलाकार लक्ष्मी गुरुङको प्रस्तुतीहरु अझ थप मनोरन्जन प्रदान गरेको थियो । यस्तै गरि स्थानीय कलाकारहरु र संघसंस्थाहरुको प्रस्तुतिहरुले कार्यक्रमको रनौकतामा थप उर्जा मिलेको आभाष दिलाएको थियो ।
रक्तिम ओमानका कलाकारहरुले “शिसीर चिर्ने बसन्तका फुलहरुलाई सलामू” बोलको जोशिलो नृत्य प्रस्तुत गरेका थिए भने तमु संस्कार र मगर संस्कृति झल्किने प्रस्तुतिहरुले कार्यक्रममा थप बिविधता प्रदान गरेको थियो । समारोहमा गैर आवासीय नेपाली संघ मध्य क्षेत्र संयोजक डि बि क्षेत्री, अन्तर्राष्ट्रिय नेपाली एकता समाजका कोषाध्यक्ष शोभाकान्त लामीछाने, समाजसेवी तोलाकान्त भट्टराई लगायत ओमानमा स्थापित विभिन्न सामाजिक संघसंगठनका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो भने उल्लेखनीय संख्यामा नेपालीहरुको उपस्तिथि रहेका थिए । अन्तमा आयोजकको तर्फबाट कार्यक्रम संचालक, संयोजक तथा प्रबक्ता बिकास तमुले ल्होसार साँस्कृतिक कार्यक्रमलाई सभ्य र भब्य बनाउन नेपालबाट आउनु भएका सम्पूर्ण अतिथि कलाकारहरु, स्थानीय संघसंगठनका प्रतिनिधिहरु, प्रायोजकहरु, पत्रकार तथा उपस्थित सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

वि.सं.२०७३ पुस २२ शुक्रवार ११:५२ मा प्रकाशित

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...