back
CTIZAN AD

लमजुङमा कर कार्यालय स्थापना

वि.सं.२०७७ असोज २३ शुक्रवार

750 

shares

२२ असोज, लमजुङ । गण्डकी प्रदेश अन्तर्गत पहाडी जिल्ला लमजुङको बेँसीशहर नगरपालिका ८ मा करदाता सेवा कार्यालय स्थापना गरिएको छ । लमजुङ र मनाङलाई मध्यनजर गर्दै सो कार्यालय स्थापना गरिएको हो ।

बेँसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल र दमौलीस्थित आन्तरिक राजस्व कार्यालयका प्रमुख करअधिकृत सूर्यप्रसाद सेढाइले आज संयुक्तरूपमा सेवाग्राही दूधपोखरी गाउँपालिका–२ बिचौरका अनिल दवाडीलाई प्यानकार्ड प्रदानगरी सेवा सञ्चालनमा ल्याएका हुन् ।

नगर प्रमुख अर्यालले करदाता सेवा कार्यालय स्थापना हुनु खुसीको कुरा भएको र कर्मचारीले नागरिकको सेवामा समर्पित भएर सेवा दिनुपर्ने बताए । यसअघि दमौली र पोखरा गएर लाइनमा बस्दै कर तिरेर आउनुपथ्र्यो, अबदेखि यही सेवा शुरु भएकाले समस्याबाट मुक्त भइएको उनको भनाइ थियो ।

प्रमुख करअधिकृत सेढाइँले लमजुङ र मनाङका नागरिकले कर तिर्न लागि धेरै समस्या भोग्नुपरेको गुनासो आएकाले बेँसीशहरमा पनि सो कार्यालय स्थापना गरिएको बताए । बेँसीशहरमै सञ्चालनमा आएको यस सेवाले दुई जिल्लाका सेवाग्राही लाभान्वित हुने भएका छन् ।

बेँसीशहर–२ बोहोराबेँसीका बीरबहादुर बोहराले जिल्लामै सेवा उपलब्ध हुँदा साच्चै संघीयता आएको अनुभव भएको बताए ।
यस कार्यालयबाट करदाताले कर तिर्न, स्थायी लेखा नम्बर लिन, अन्तशुल्कको इजाजत पत्र लिन, करचुक्ता प्रमाणपत्र लिन सक्नेलगायतका सेवा पाउने कर अधिकृत सुशिल लम्सालले बताए ।

लमजुङ र मनाङका गरीे ८ हजार ८८७ करदातालाई सेवा दिन सहज हुने उनको भनाइ थियो । लमजुङमा ८ हजार २९० र मनाङमा ५९७ करदाता छन् । रासस

वि.सं.२०७७ असोज २३ शुक्रवार १४:०४ मा प्रकाशित

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३/०८४...

बाँझो जमिनमा स्याउखेती २० रोपनी क्षेत्रमा स्याउखेती

बाँझो जमिनमा स्याउखेती २० रोपनी क्षेत्रमा स्याउखेती

ढोरपाटन (बागलुङ) । तमानखोला गाउँपालिकाले वर्षौंसम्म बाझो रहेको २० रोपनी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...