back

अमेरिका फोहोर थुपार्ने स्थलका रूपमा प्रयोग भएको भन्दाैँ ट्रम्प प्रशासनले बडायो ‘एल्युमिनियम’ मा कर

वि.सं.२०७७ असोज २४ शनिवार

480 

shares

असोज २४ । अमेरिकाले जर्मनी, स्पेन र ब्राजिललगायतका विभिन्न १८ मुलुकबाट आयात गरिने ‘एल्युमिनियम’ ले अमेरिका फोहोर थुपार्ने स्थलका रूपमा प्रयोग भएको आरोप लगाउँदै त्यसमाथि नयाँ कर लगाउने घोषणा ट्रम्प प्रशासनले शुक्रबार गरेको छ ।

अमेरिकी वाणिज्यमन्त्री विल्बर रसले चीन सूचीमा नभएको तर आंशिक रूपमा ‘एल्युमिनियम शीट’ आयातको बाढीका लागि जिम्मेवार भएको र यसले अमेरिकी घरेलु उत्पादकहरूलाई कमजोर बनाउन सक्ने बताए ।

“वास्तवमै के हुँदैछ भने चिनियाँ अधिक क्षमता अन्य बजारमा फ्याँकिएको छ । फलस्वरूप, यहाँ फ्याँकिएका ती सामानले अमेरिकी उत्पादनलाई विस्थापन गरेको,” रसले फक्स बिजÞनेस नेटवर्कमा भने।

“यो धेरै नै जटिल कार्य हो तर बजारीकरणका सञ्जालले अमेरिकामा धेरै अनावश्यक सामानहरू थुप्रिन्छन् र हामीले यसैलाई व्यवस्थित गर्दैछौं ।”

अमेरिकी पछिल्लो निर्णयले जर्मनी र ब्राजिलबाट आयात हुने एल्युमिनियममा क्रमशः ३६३ प्रतिशत र १३७ प्रतिशत कर वृद्धि हुनेछ । अमेरिकाले गत वर्ष जर्मनीबाट २८ करोड ७० लाख अमेरिकी डलर र ब्राजिलबाट नौ करोड ७० लाख अमेरिकी डलर बराबरको एल्युमिनियम खरिद गरेको थियो ।

अमेरिकाको यो ९प्रारम्भिक० निर्णय भएपनि अमेरिकी बाणिज्य विभागले करवृद्धि तत्कालै कायान्वयनमा आउने बताउए।

वि.सं.२०७७ असोज २४ शनिवार ०८:४० मा प्रकाशित

Himalayan Life AD
मोरक्कोमा युवाको नेतृत्वमा विरोध प्रदर्शन तीव्र, तीनजनाको मृत्यु

मोरक्कोमा युवाको नेतृत्वमा विरोध प्रदर्शन तीव्र, तीनजनाको मृत्यु

रबात (मोरक्को) । पछिल्ला केही दिनयता मोरक्कोका विभिन्न सहरहरूमा युवाहरूको...

ड्रोन देखापरेपछि म्युनिख विमानस्थलमा १७ उडान रोकियो

ड्रोन देखापरेपछि म्युनिख विमानस्थलमा १७ उडान रोकियो

बर्लिन । जर्मनीको म्युनिख विमानस्थलमा बिहीबार राति अनेकौँ ड्रोन देखिएपछि...

नागरिक ड्रोन उडानका लागि डेनमार्कको आकाश पूर्ण रूपमा बन्द

नागरिक ड्रोन उडानका लागि डेनमार्कको आकाश पूर्ण रूपमा बन्द

कोपनहेगन ।    डेनमार्कले आगामी युरोपेली सङ्घ (इयु) शिखर सम्मेलनका...

 संयुक्त राष्ट्र संघको प्रतिबन्धपछि इरानीहरुको पीडा- ‘हामी बर्बाद हुनेछौँ’ 

 संयुक्त राष्ट्र संघको प्रतिबन्धपछि इरानीहरुको पीडा- ‘हामी बर्बाद हुनेछौँ’ 

तेहरान । संयुक्त राष्ट्रसङ्घका प्रतिबन्धहरू आइतबारदेखि पूर्ण रूपमा लागू भएपछि...

सी जिनपिङको व्यापक भ्रष्टाचारविरोधी अभियानः कृषिमन्त्रीलाई मृत्युदण्डको फैसला

सी जिनपिङको व्यापक भ्रष्टाचारविरोधी अभियानः कृषिमन्त्रीलाई मृत्युदण्डको फैसला

बेइजिङ । चीनका पूर्व कृषिमन्त्री ताङ रेन्जियानलाई भ्रष्टाचार आरोपमा आइतबार...

श्रीलङ्कामा केबल कार दुर्घटनामा सात भिक्षुको मृत्यु

श्रीलङ्कामा केबल कार दुर्घटनामा सात भिक्षुको मृत्यु

कोलम्बो । उत्तर–पश्चिमी श्रीलङ्काको पहाडी क्षेत्रमा केबलकार दुर्घटना हुँदा सात...