back
CTIZAN AD

नागरिक ड्रोन उडानका लागि डेनमार्कको आकाश पूर्ण रूपमा बन्द

वि.सं.२०८२ असोज १३ सोमवार

1.2K 

shares
कोपनहेगन ।    डेनमार्कले आगामी युरोपेली सङ्घ (इयु) शिखर सम्मेलनका क्रममा सुरक्षा सुनिश्चित गर्न सोमबारदेखि शुक्रबारसम्म देशभरि सबै नागरिक ड्रोन उडानहरूमा प्रतिबन्ध लगाउने भएको छ । यातायात मन्त्रालयले आइतबार यसबारे जानकारी दिएको छ ।
गत सेप्टेम्बर २२ यता डेनमार्कभरि रहस्यमय ड्रोनहरू देखिएका कारण धेरै विमानस्थलहरू बन्द गर्नुपरेको थियो । डेनमार्कले यसमा सम्भावित रूसी संलग्नताको सङ्केत गरेको भए पनि मस्कोले आरोप अस्वीकार गरेको छ ।
कोपनहेगनमा बुधबार र बिहीबार हुने इयु शिखर सम्मेलनमा विभिन्न सदस्य मुलुकका सरकारी प्रमुखहरू सहभागी हुनेछन् । यसलाई लक्षित गर्दै थप सुरक्षा व्यवस्था मिलाइएको हो ।
यातायातमन्त्री थोमस डेनियलसेनले विज्ञप्तिमार्फत भने, “डेनमार्कले युरोपेली सङ्घका नेताहरूलाई आतिथ्य गर्नेछ, जहाँ हामीले सुरक्षामा अतिरिक्त ध्यान दिनेछौँ । त्यसैले सोमबारदेखि शुक्रबारसम्म नागरिक ड्रोन उडानका लागि डेनमार्कको आकाश पूर्ण रूपमा बन्द हुनेछ ।”
उनका अनुसार यस कदमले शत्रु ड्रोनहरू कानूनी ड्रोनसँग भ्रमित हुने जोखिम हटाउनेछ ।
मन्त्रालयले प्रतिबन्धको उल्लङ्घन गरे जरिवाना वा दुई वर्षसम्मको जेल सजाय हुन सक्ने चेतावनी दिएको छ ।
न्यायमन्त्री पिटर हम्मेलगार्डले सोही विज्ञप्तिमा प्रतिबन्धको मुख्य उद्देश्य प्रहरी र अधिकारीहरूको काम सहज बनाउन भएको बताए ।
“प्रहरी उच्च सतर्कतामा छ । हाम्रा अधिकारीहरूले डेनमार्क र पाहुनाहरूको सुरक्षाका लागि आफ्नो सम्पूर्ण ध्यान दिन सकून् भन्ने हाम्रो चाहना हो । यसरी उनीहरूले अनावश्यक रूपमा नागरिक ड्रोनहरूमा ऊर्जा खर्च गर्नुपर्दैन”, उनले भने ।
डेनमार्क प्रहरीका अनुसार शनिबारसम्ममा पाँच सयभन्दा बढी नागरिक ड्रोन देखिएकोबारे रिपोर्ट दर्ता भएको थियो, तर अधिकांश घटनामा कुनै सुरक्षा चिन्ता नभएको पुष्टि गरिएको थियो ।(रासस/एएफपी)

वि.सं.२०८२ असोज १३ सोमवार ११:३५ मा प्रकाशित

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

मोरक्कोबाट स्पेनको स्वायत्त क्षेत्र सेउटा प्रवेश गर्ने प्रयासका क्रममा कम्तीमा...