back
CTIZAN AD

 संयुक्त राष्ट्र संघको प्रतिबन्धपछि इरानीहरुको पीडा- ‘हामी बर्बाद हुनेछौँ’ 

वि.सं.२०८२ असोज १३ सोमवार

789 

shares
तेहरान । संयुक्त राष्ट्रसङ्घका प्रतिबन्धहरू आइतबारदेखि पूर्ण रूपमा लागू भएपछि इरानी नागरिकहरू तनावमा परेका छन् । मूल्य तीव्र रूपमा बढ्दै गएको छ भने रियाल नयाँ तल्लो स्तरमा पुगेको छ ।
३३ वर्षीया ग्राफिक डिजाइनर हेलियाले प्रतिबन्धको असर तत्काल महसुस गरिन् उनको नयाँ घरका लागि लिन खोजिएको फर्निचरको मूल्य तीन दिनमै ह्वात्तै बढ्यो ।
“डलर बढ्नुअघि नै मूल्य चुलिएको छ । मासुबाट ट्याक्सीसम्म जीवन झन् गाह्रो बनेको छ”, उनले एएफपीलाई भनिन् ।
इरान सरकारले प्रतिबन्धलाई ‘अन्यायपूर्ण’ भन्दै निन्दा गरेको छ । सन् २०१५ को आणविक सम्झौताअन्तर्गत बेलायत, फ्रान्स र जर्मनीले सक्रिय गरेको ‘स्न्यापब्याक’ संयन्त्रपछि इरानको आणविक तथा ब्यालिस्टिक क्षेप्यास्त्र गतिविधिसँग सम्बन्धित सबै कारोबारमा रोक लगाइएको हो ।
तेहरानको विदेश मन्त्रालयले अन्य देशहरूलाई आफ्नो राष्ट्रिय हितका लागि प्रतिबन्ध लागू नगर्न आग्रह गरेको छ । तर राजधानीभरि नै निराशा छाएको छ ।
५६ वर्षीया शोधकर्ता नासिम कम्पनीले चिन्ता व्यक्त गर्दै भनिन्, “हामी बर्बाद हुनेछौँ । सामान्य मानिसहरू अहिले जस्तै जीवन धान्न सक्दैनन् ।”
१९ वर्षीय विद्यार्थी मेहरसादले प्रतिबन्धपछि इरान ‘आर्थिक र राजनीतिक रूपमा अलग–थलग’ हुने टिप्पणी गरिन् ।
राहत दिनु पथ्र्यो
राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिकाले सम्पूर्ण समृद्ध युरेनियम भण्डार हस्तान्तरणको बदलामा छोटो राहतको प्रस्ताव गरे पनि आफूहरूले स्वीकार नगरेको जानकारी दिए । उनका अनुसार त्यो प्रस्ताव ‘अस्वीकार्य’ थियो ।
तर ७० वर्षका लेखक नाभिद मोरादीले सरकारको दृष्टिकोणप्रति असहमति जनाउँदै भने, “वार्ता जारी राख्नुपथ्र्यो । कहिलेकाहीँ केही राहत दिएर बदलामा केही लिन सकिन्थ्यो । तर यसरी जनताले मात्र दुःख पाउनुपरेको छ ।”
मुद्राको तीव्र गिरावटसँगै मूल्यवृद्धि भएको छ । कालो बजारमा रियाल एक अमेरिकी डलरको बदलामा ११ लाख २० हजारमा झरेको थियो, पछि थोरै सुधार भएर ११ लाखमा पुगेको मुद्रा–ट्र्याकिङ वेबसाइटहरूले जनाएका छन् ।
मोरादीका अनुसार एक किलो मासु अहिले १० डलर बराबर (करिब एक करोड रियाल) पुगेको छ, जुन न्यूनतम पारिश्रमिकमा बाँच्नेहरूको लागि ठूलो चुनौती हो । “एउटा परिवारले कसरी बाँच्न सक्छ ?” उनले प्रश्न गरे ।
कठिनाइ र आशा
१९ वर्षीय विद्यार्थी अमिर–अब्बासले आफ्नो रुचि सङ्गीतलाई पछ्याउनै नसक्ने अवस्था आएको बताए । “मैले गिटार ३० लाख रियालमा किनेको थिएँ, अहिले तीन अर्ब रियाल भएको छ । आयात बन्द भएकाले औषधि पनि महँगो हुँदै गएको छ”, उनले दुःख पोखे ।
विदेशबाट फर्किएका एक अनुसन्धानकर्ताले भने, “मूल्य, डलर, सुन–सबै बढ्नेछन् । सामान्य जीवन सम्भव हुनेछैन । अपराध र बालश्रम बढ्न सक्छ । म फेरि देश छोड्ने सोचमै छु ।”
यद्यपि कठिनाइका बीच पनि केही आशा बाँकी छ । हेलियाले मुस्कुराउँदै भनिन्, “हामी एक डलर बराबर एक लाख रियाल हुँदा पनि बाँचेका थियौँ । अहिले यो ११ लाख भए पनि हामी अझै उभिएका छौँ । हामी आशामा बाँचिरहेका छौँ । अनि त्यो आशा अझै बाँकी छ ।”
(रासस/एएफपी)

वि.सं.२०८२ असोज १३ सोमवार ११:३१ मा प्रकाशित

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

मोरक्कोबाट स्पेनको स्वायत्त क्षेत्र सेउटा प्रवेश गर्ने प्रयासका क्रममा कम्तीमा...