back
CTIZAN AD

सी जिनपिङको व्यापक भ्रष्टाचारविरोधी अभियानः कृषिमन्त्रीलाई मृत्युदण्डको फैसला

वि.सं.२०८२ असोज १३ सोमवार

1K 

shares

बेइजिङ । चीनका पूर्व कृषिमन्त्री ताङ रेन्जियानलाई भ्रष्टाचार आरोपमा आइतबार दुई वर्षको स्थगनसहित मृत्युदण्डको सजाय सुनाइएको छ । यसबारेको जानकारी उत्तरपूर्वी जिलिन प्रान्तस्थित चाङ्चुन जन अदालतले एक विज्ञप्तिमार्फत सार्वजनिक गरेको हो ।

अदालतका अनुसार ताङले सन् २००७ देखि २०२४ सम्म करिब दुई अर्ब ६८ करोड युआन (अन्दाजी तीन करोड ८० लाख अमेरिकी डलर) बराबरको नगद र सम्पत्ति घुसस्वरूप लिएको प्रमाणित भएको छ ।

फैसालामा भनिएको छ, “यस घुसकाण्डले राज्य र जनताको हितमा अत्यन्त गम्भीर क्षति पु¥याएको छ, त्यसैले मृत्युदण्डको सजाय आवश्यक ठहरिन्छ ।”

अदालतले भने पनि ताङले आफ्नो अपराध स्वीकार गरी पश्चात्ताप देखाएकाले सजायलाई दुई वर्षका लागि स्थगित गरिएको हो ।

यो फैसला राष्ट्रपति सी जिनपिङको व्यापक भ्रष्टाचारविरोधी अभियानअन्तर्गतको पछिल्लो कदम हो । सो अभियानका समर्थकहरूले यसले स्वच्छ शासनलाई सबल बनाएको बताउँछन् भने आलोचकहरूले यसलाई राजनीतिक प्रतिद्वन्द्वीहरूलाई हटाउने माध्यमका रूपमा व्याख्या गर्ने गरेका छन् ।

ताङ रेन्जियानले यसअघि गान्सु प्रान्तका गभर्नर र दक्षिणी स्वायत्त क्षेत्र गुआङ्सीका उपाध्यक्षका रूपमा समेत सेवा गरेका थिए ।

उनको पतन हालैका वर्षमा भ्रष्टाचार अनुसन्धानमा परेका अन्य वरिष्ठ अधिकारीहरू — पूर्व रक्षामन्त्री ली साङ्फु र वेइ फेङ्घे — सँगै जोडिएको मानिन्छ । लीलाई पदभार ग्रहण गरेको सात महिनामै हटाइएको थियो र पछि घुसखोरीलगायतका अपराधका कारण चिनियाँ कम्युनिष्ट पार्टीबाट निष्कासन गरिएको राज्य सञ्चारमाध्यमहरूले जनाएका थिए ।

अहिले उनका उत्तराधिकारी डोङ जुन पनि भ्रष्टाचारको आरोपमा अनुसन्धानमा परेका छन् ।(रासस/एएफपी)

वि.सं.२०८२ असोज १३ सोमवार ११:१७ मा प्रकाशित

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

मोरक्कोबाट स्पेनको स्वायत्त क्षेत्र सेउटा प्रवेश गर्ने प्रयासका क्रममा कम्तीमा...