back
CTIZAN AD

अमेरिका फोहोर थुपार्ने स्थलका रूपमा प्रयोग भएको भन्दाैँ ट्रम्प प्रशासनले बडायो ‘एल्युमिनियम’ मा कर

वि.सं.२०७७ असोज २४ शनिवार

684 

shares

असोज २४ । अमेरिकाले जर्मनी, स्पेन र ब्राजिललगायतका विभिन्न १८ मुलुकबाट आयात गरिने ‘एल्युमिनियम’ ले अमेरिका फोहोर थुपार्ने स्थलका रूपमा प्रयोग भएको आरोप लगाउँदै त्यसमाथि नयाँ कर लगाउने घोषणा ट्रम्प प्रशासनले शुक्रबार गरेको छ ।

अमेरिकी वाणिज्यमन्त्री विल्बर रसले चीन सूचीमा नभएको तर आंशिक रूपमा ‘एल्युमिनियम शीट’ आयातको बाढीका लागि जिम्मेवार भएको र यसले अमेरिकी घरेलु उत्पादकहरूलाई कमजोर बनाउन सक्ने बताए ।

“वास्तवमै के हुँदैछ भने चिनियाँ अधिक क्षमता अन्य बजारमा फ्याँकिएको छ । फलस्वरूप, यहाँ फ्याँकिएका ती सामानले अमेरिकी उत्पादनलाई विस्थापन गरेको,” रसले फक्स बिजÞनेस नेटवर्कमा भने।

“यो धेरै नै जटिल कार्य हो तर बजारीकरणका सञ्जालले अमेरिकामा धेरै अनावश्यक सामानहरू थुप्रिन्छन् र हामीले यसैलाई व्यवस्थित गर्दैछौं ।”

अमेरिकी पछिल्लो निर्णयले जर्मनी र ब्राजिलबाट आयात हुने एल्युमिनियममा क्रमशः ३६३ प्रतिशत र १३७ प्रतिशत कर वृद्धि हुनेछ । अमेरिकाले गत वर्ष जर्मनीबाट २८ करोड ७० लाख अमेरिकी डलर र ब्राजिलबाट नौ करोड ७० लाख अमेरिकी डलर बराबरको एल्युमिनियम खरिद गरेको थियो ।

अमेरिकाको यो ९प्रारम्भिक० निर्णय भएपनि अमेरिकी बाणिज्य विभागले करवृद्धि तत्कालै कायान्वयनमा आउने बताउए।

वि.सं.२०७७ असोज २४ शनिवार ०८:४० मा प्रकाशित

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...