back

जुम्लामा जन्म र मृत्युमा दिईने २० किलो चामल प्रभावकारी बन्दै

वि.सं.२०७७ असोज २४ शनिवार

573 

shares

खलङ्गा, २४ असोज । जन्म र मृत्युको बेला दिईने २० किलो चामल जुम्लामा प्रभावकारी बन्दै गएको छ । साविकको कर्णाली अञ्चलका पाँच जिल्लाका स्थानीयवासीलाई सरकारले जन्म र मृत्युको बेला उक्त परिमाणको चामल दिने गर्छ ।

हरेक घरमा जन्म र मृत्युको बेला ढुवानी रकमसहित प्रदान गरिने २० केजी चामलले केही राहतको महसुस भएको तिला गाउँपालिका–१ धनराज रावतले बताए । गत आर्थिक वर्षको साउनसम्म जन्मको अवसरमा जिल्लाका आठवटै स्थानीय तहबाट ११४ जनालाई र मृत्यु भएका ४२ जनालाई चामल वितरण गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय जुम्लाका प्रमुख तिलक सुनारले बताए ।

आव २०७६/७७ मा जन्म भएको अवसरमा प्रदान गरिने चामल १०१ जनालाई र मृत्यु भएका छ जनालाई चामल वितरण गरेको शाखा प्रमुख सुनारले बताए।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी जुम्ला शाखा कार्यालयबाट मृत्यु र जन्मका अवसरमा गत आवामा ३३८ र यो आव १०७ जनालाई रु तीन लाख ९८ हजार ३६० रकम वितरण गरीएको छ । उक्त चामल ढुवानीका लागि एक लाख ५८ हजार ८ सय रकम दिएको शाखा प्रमुख सुनारले बताए ।

सरकारले निर्णय गरेको यो सुविधा लिनका लागि खाद्य कम्पनी जुम्लाले ३५ दिनको अवधि राखेर जन्मको हकमा बच्चा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि, वडाको सिफारिस र मृत्यु हुनेको हकमा मृत्युदर्ता, वडाको सिफारिस र सेवा लिन आउने सेवाग्रहीको नागरिकताको प्रतिलिपिका आधारमा चामल र ढुवानी रकम प्रदान गर्दै आएको छ ।

कार्यक्रमअन्तर्गत चन्दननाथ नगरपालिका आसपासका गाउँका स्थानीय बासिन्दालाई रु ५०० दिइएको छ भने तिला, सिञ्जा, हिमा र कनकासुन्दरी बासिन्दालाई एक हजार रकम भुक्तानी गर्दै आएको खाद्य कम्पनी शाखा जुम्लाले जनाएको छ । रासस

वि.सं.२०७७ असोज २४ शनिवार ०९:५० मा प्रकाशित

Himalayan Life AD
कर्णालीमा ड्रोनसहित तीन हजार ९०८ प्रहरी परिचालन

कर्णालीमा ड्रोनसहित तीन हजार ९०८ प्रहरी परिचालन

काँक्रेविहार (सुर्खेत) । दसैँ, तिहार तथा छठपर्वमा हुनसक्ने सुरक्षा जोखिमलाई...

दैलेख अस्पतालमा बिरामीको बढ्दो चाप, उपचारमा समस्या

दैलेख अस्पतालमा बिरामीको बढ्दो चाप, उपचारमा समस्या

दैलेख । जिल्ला अस्पताल दैलेखमा बिरामीलाई भुइँमै राखेर उपचार गर्न...

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कर्णाली । ट्रकको ठक्करबाट सुर्खेतमा एकजना मोटरसाइकल चालकको मृत्यु भएको...

चार महिनापछि रारा विमानस्थलमा उडान

चार महिनापछि रारा विमानस्थलमा उडान

मुगु । मुगुको रारा विमानस्थलमा चार महिनापछि नेपाल एयरलाइन्सले आज...

कर्णाली राजमार्ग सञ्चालन

कर्णाली राजमार्ग सञ्चालन

मान्म (कालीकोट)। जिल्लाको शुभकालिका(१ गगने खोलामा पहिरो गएपछि अवरुद्ध बनेको...

उपभोक्ताको रुचिमा कर्णालीको स्याउ

उपभोक्ताको रुचिमा कर्णालीको स्याउ

राँझा (बाँके) । हेर्दा आकर्षक र खाँदा स्वादिलो कर्णालीको स्याउ...