back
CTIZAN AD

कविताः पाकेको बाली खानेहरु

वि.सं.२०७७ असोज २४ शनिवार

747 

shares

असारमा रोपाइ शुरु भएको वेला
विरामीको बहानावाजी गरेर
घरमै शिरक ओडेर सुत्नेहरु
भदौको खडेरीमा रोपेको धान
खडेरीमा राताम्मे हुँदा पनि
उनीहरू ओेछ्यानमै सुतेर
धानको बेहाल सुनि रहेका थिए
तर गाउँलेहरुले पर डाडापारिको खोलावाट
दुखःकष्ट गरेर कुलो (नहर) वाट पानी ल्याएर
धानबालीमा सिंचित गरे
धान हलक्कै बढ्यो मल जल गरेर
तर उनीहरु भर्खर आँखा मिच्दैथिए
के थाहा उनीहरुलाई
धान रोप्दाको, पानी ल्याई गोडमेल गर्दाको दुख कष्ट ?
अहिले खेतमा धानका पहेलपुर, झुप्पा झुप्पा परेको छ,
लहलह बालाहरुले खेतलाई रमणीय वनाएको छ,
गाउँमा धान काट्ने र बाली भित्राउने क्रम शुरू भएको छ
अहिले तिनै शिरक ओड्नेहरु
वास्मती धानको चामल मिठो-मिठो मानी खाइरहेका छन्
अहिले गाउँ घरमा
तिनै वास्मती चामलको खाना खानेहरुको चर्चा छ,
मिठो मसिनो खाने खान्दानी खलक भनेर,
तर ती दुखः कष्ट साथ श्रम गर्ने
हलो जोत्ने, आली लगाउने, बाउसे र रोपारहरुको त
यो महामारीमा, भोकमरीमा नाम निशान नै छैन
खाली चर्चा छ, तिनै शिरक ओड्नेहरुको,
पाकेको वाली खानेहरुको ।।

वि.सं.२०७७ असोज २४ शनिवार ०९:५१ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...