back
CTIZAN AD

जुम्लामा जन्म र मृत्युमा दिईने २० किलो चामल प्रभावकारी बन्दै

वि.सं.२०७७ असोज २४ शनिवार

735 

shares

खलङ्गा, २४ असोज । जन्म र मृत्युको बेला दिईने २० किलो चामल जुम्लामा प्रभावकारी बन्दै गएको छ । साविकको कर्णाली अञ्चलका पाँच जिल्लाका स्थानीयवासीलाई सरकारले जन्म र मृत्युको बेला उक्त परिमाणको चामल दिने गर्छ ।

हरेक घरमा जन्म र मृत्युको बेला ढुवानी रकमसहित प्रदान गरिने २० केजी चामलले केही राहतको महसुस भएको तिला गाउँपालिका–१ धनराज रावतले बताए । गत आर्थिक वर्षको साउनसम्म जन्मको अवसरमा जिल्लाका आठवटै स्थानीय तहबाट ११४ जनालाई र मृत्यु भएका ४२ जनालाई चामल वितरण गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय जुम्लाका प्रमुख तिलक सुनारले बताए ।

आव २०७६/७७ मा जन्म भएको अवसरमा प्रदान गरिने चामल १०१ जनालाई र मृत्यु भएका छ जनालाई चामल वितरण गरेको शाखा प्रमुख सुनारले बताए।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी जुम्ला शाखा कार्यालयबाट मृत्यु र जन्मका अवसरमा गत आवामा ३३८ र यो आव १०७ जनालाई रु तीन लाख ९८ हजार ३६० रकम वितरण गरीएको छ । उक्त चामल ढुवानीका लागि एक लाख ५८ हजार ८ सय रकम दिएको शाखा प्रमुख सुनारले बताए ।

सरकारले निर्णय गरेको यो सुविधा लिनका लागि खाद्य कम्पनी जुम्लाले ३५ दिनको अवधि राखेर जन्मको हकमा बच्चा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि, वडाको सिफारिस र मृत्यु हुनेको हकमा मृत्युदर्ता, वडाको सिफारिस र सेवा लिन आउने सेवाग्रहीको नागरिकताको प्रतिलिपिका आधारमा चामल र ढुवानी रकम प्रदान गर्दै आएको छ ।

कार्यक्रमअन्तर्गत चन्दननाथ नगरपालिका आसपासका गाउँका स्थानीय बासिन्दालाई रु ५०० दिइएको छ भने तिला, सिञ्जा, हिमा र कनकासुन्दरी बासिन्दालाई एक हजार रकम भुक्तानी गर्दै आएको खाद्य कम्पनी शाखा जुम्लाले जनाएको छ । रासस

वि.सं.२०७७ असोज २४ शनिवार ०९:५० मा प्रकाशित

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

मान्म (कालीकोट) । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

‘महिनावारी आराम कक्ष’ स्थापनापछि नियमित विद्यालय आउन थाले किशोरीहरु

‘महिनावारी आराम कक्ष’ स्थापनापछि नियमित विद्यालय आउन थाले किशोरीहरु

मान्म (कालीकोट) । कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा सामुदायिक विद्यालयमा ‘महिनावारी...

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल...

पालिकाद्धारा बीस विद्यालयलाई ल्यापटप वितरण

पालिकाद्धारा बीस विद्यालयलाई ल्यापटप वितरण

सिमकोट (हुम्ला) । जिल्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आफ्ना मातहतमा...

हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा

हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा

सिमकोट (हुम्ला) । हुम्ला र बाजुराको सीमा क्षेत्र लाम्पाटामा भएको...