back
CTIZAN AD

गीत

वि.सं.२०७७ असोज २४ शनिवार

816 

shares

चाहेर पनि सकिन्न रहेछ, बिर्सनलाई याद,
न त जाने मुटु खाली गरेर, न जीवनको साथ
न हाँस्छ दिन यो, उज्यालो बनी,
एकछत्त, रुन्छ रात ।
थिएन मनमा टाढा होस् तर,के बित्तल पर्याे खै ?
कटाउनु पर्याे जीन्दगी आज,दुई मुटु टाढा भै !!
दुई मुटु टाढा भै…
अचम्मै हुदो रहेछ अ हो ! यो मायाँको जात !
न त जाने मुटु खाली गरेर, न जीवनको साथ !!
न हाँस्छ दिन यो, उज्यालो बनी,
एकछत्त, रुन्छ रात !!
वैमानी रहेछ मनको तराजु, तौलिने सुन मात्रै !
न बस्दो रहेछ मायाँको जात, सम्झेर गुन मात्रै !!
सम्झेर गुन मात्रै ..
देखियो आज भोगियो ऐया ! मनको औकात !
न त जाने मुटु, खाली गरेर, न जीवनको साथ !!
न हाँस्छ दिन यो, उज्यालो बनी,
एकछत्त, रुन्छ रात !!
चाहेर पनि सकिन्न रहेछ, बिर्सनलाई याद !
न त जाने मुटु, खाली गरेर, न जीवनको साथ !!
न हाँस्छ दिन यो, उज्यालो बनी,
एकछत्त, रुन्छ रात !!

 

वि.सं.२०७७ असोज २४ शनिवार ०९:५६ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...