back
CTIZAN AD

कविता: दिन काटिरहेछु

वि.सं.२०७७ असोज २४ शनिवार

666 

shares

तिमीले के के काट्यौ कान्छा !
मैले दिन काटिरहेछु छ्याक छ्याक् छ्याक छ्याक्
तिमीले नेटो काट्दा
मैले लख काटिरहेथेँ
तिमीले पनि पक्का कुरा काटिरहेछौ
यस्तै हुन्छ विछोडपछिका अवस्थाहरु
रहन मुश्किल छ अडकल नकाटी
मेरै नाक काटिरहेथे त्यसपछि,
छिनो बदनामको हम्मर चोटको लिएर,
चौतारोमा बसेर मान्छेका छायाहरु ठ्याङ ठ्याङ
काटिरहेथे मेरै छाया ।
मैले दिनहरु काटेर,
केही रङ बनाएँ,
केही कालो केही रातो
केही हलो बनाएँ,
तीखो धारिलो,
धरती नच्याती उम्रन नयाँ दिनहरु,
मैले दिनहरु काटेर
टुक्रा टुक्रा पारें
बटुल्ने कैले जोड्ने कैले ।
हजुरआमा पिँढीमा बसेर बत्ती काट्दैछिन्,
ढुङ्गा काट्दैछन् बा !
हजुरआमाले त लाखबत्ती बाल्ने रे,
बा भने आफूलाई बनाउन नसकेर ढुङ्गा काटेर,
आजित भएका भए,
आफूलाई ढुङ्गामा कुद्न नसकेर ।

वि.सं.२०७७ असोज २४ शनिवार १०:०३ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...