back
CTIZAN AD

लघुकथाः वियोगी शहनाई

वि.सं.२०७७ असोज २४ शनिवार

1.4K 

shares

भतिजोको बिहे । मन नमान्दै भत्खरु जान पर्याे वियोगीले । बेहुली तिरबाट बहताको टोपी, आलुको चस्मा, लोकताको गल्फन, ढुङ्गोको पकौडा, बर्कुलाको माला यस्तै व्याङ्ग्यात्मक र हाँस्य सौगात ।

त्यो रमाइलो परिवेशमा पनि जति शहनाई बज्छ उति कटक्क मन खान्थ्यो वियोगीको ।

शहनाई बिना उत्तरको प्रश्न, बिना लक्ष्यको यात्रा, बिना इच्छाको बास्ना, बिना भोकको भोजन झैँ लाग्छ उसलाई ।

जीवन चित्र भित्र हारैहारको लेग्रो, विश्वास र भरोसाले दिएका दुखाइहरू बल्झिरहन्छ । उच्च सपना देखेर मन पर्ने पार्टीको झन्डा बोक्यो । आफ्नोलाई जिन्दावाद र विपक्षलाई मुर्दावाद भन्दै ढुङ्गो हान्यो, रेलिङ् भाच्यो । पुलिसको अश्रु ग्यास, पानीको प्रहार रबरको गोली खाँदै असली गोलीबाट बच्दै आशनमा पुर्याको पार्टीद्वारा नै सपना स्खलित भएपछि, वियोगमा भौतारिदै परदेशी पीडा भोग्न पुग्यो वियोगी ।
घर चरी बनमा धेरै अडिन सकेन ।

फर्केर गाउँ मै परिश्रम ओछ्याएर विरासत जोगाउने प्रयास पनि तुहे पछि फेरि उच्छिटियो पराय भूमि मै ।

फेशबुकले अर्जेको कान्छीलाई, प्रदेशमा अर्जेको पैसा राख्न पठाउथ्यो, तासे बाउ र ट्वाँके दाइ बाट जोगाउन ।

उही कान्छीलाई बिहे गरेर सपना साकार पार्ने सपना बोकेर फर्कियो एकदिन ।

तर, त्यही दिन कान्छीको बिहे इण्डियन लाहुरेसँग भइरहेको थियो । त्यहाँ उसले केही भन्न सकेन । करेसोमा बसेर जोर शहनाईसँगै रोइरह्यो ।
आज पनि चटक्क मुटु चुडे झैँ लाग्यो जोर शहनाई बज्न थाले पछि । र वियोगी एकातिर फर्केर कान्छी र पार्टीको छन्डा सम्झेर रुन थाल्यो ।
साथीले सोध्यो– ‘के भो वियोगी ?’

‘आँखामा कसिङर पस्यो’–वियोगी बोल्यो ।

‘खै फुक्दिन्छु ।’

‘फुकेर जाँदैन’-सुस्तरी बोल्यो वियोगी ’मुटुमा टासिएको कसिङर ।’

त्रियुगा नगरपालिका–११, संगमटोल,उदयपुर, १ नम्बर प्रदेश

वि.सं.२०७७ असोज २४ शनिवार १०:०५ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...