back
CTIZAN AD

दश हाइकु

वि.सं.२०७७ असोज २४ शनिवार

675 

shares

१.
चिया बगान
हराभरा प्रकृति
प्रफुल्ल मन ।
२.
जीवन बोध
सुखदुःख कहानी
खोलाको गीत ।
३.
आकाश र धर्ती
मातापिताको साथ
अपूर्व खुशी ।
४.
मृदु मिलन
हो ! परागसेचन
जैविक सत्य ।
५.
हिउँदे जाडो
गरीबको झोपडी
शीतको तन्ना ।
६.
पवित्र मन
फूलको हो बगैंचा
ईश्वर स्पर्श ।
७.
शान्तिको खोज
सागरको सुनामी
हृदयगृह ।
८.
नारी पुरुष
सृष्टिका संवाहक
ढुङ्गा र माटो ।
९.
गहको आँसु
हृदयको झरना
पीडा या खुशी ।
१०.
आत्मिय प्रेम
जूनको हो उजेली
मनको ज्योति ।

वि.सं.२०७७ असोज २४ शनिवार १०:०७ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...